विचार/अन्तर्वार्ता

जसपा विवादित भएको होइन केही साथीहरु बाहिरिनु भएको हो  : कमला विश्वकर्मा

कमला विश्वकर्मा पूर्व सभासद् हुनुहुन्छ । जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य समेत रहनु भएकी विश्वकर्मा दलितमुक्ति आन्दोलनमा समेत निरन्तर सक्रिय हुनुहुन्छ । जागरण मिडियाको अध्यक्ष समेत रहनु भएकी बिकले महन्थ ठाकुर र राजेन्द्र महतो जसपाबाट बाहिरिए पनि जसपा आफ्नो एजेण्डामा निरन्तर अगाडी बढिरहने बताउनु हुन्छ । पार्टीको संगठन सुदृढीकरण तथा अभिमुखीकरण कार्यक्रमपछि पार्टी अझ शसक्त भएर अगाडी बढ्ने पनि उहाँले बताउनु हुन्छ । त्यसैगरी दलित मुक्तिको मुद्दा दलित समुदायले मात्र नभई सम्पुर्ण राजनीतिक दल र सरकारले समेत जोडदार रुपमा उठाउनु पर्ने बताउनु हुन्छ । संविधानले प्रदान गरेका मौलिक हक र अन्य अधिकारहरु कार्यान्वयनको लागि राज्य नै गम्भिर भएर लाग्नु पर्ने पनि उहाँको धारणा छ । प्रस्तुत छ यीनी बिषयको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश

जनता समाजवादी पार्र्टीको बैधानिक सम्बन्धी विवाद सकिएको छ । दल बिभाजन सम्बन्धी नयाँ अध्यादेशको आधारमा महन्त ठाकुर र राजेन्द्र महतो पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरी सक्नु भएको छ, यस्तो अबस्थामा यहाँहरु कसरी अगाडी बढ्नु हुन्छ ?
अवश्य पनि तपाईले प्रश्न गर्नु भए जस्तै निर्वाचन आयोगको २०७८ साउन ११ गतेको निर्णयसँगै जनता समाजवादी पार्टीको बैधानिकता सम्बन्धी विवाद सकिएको छ । आधिकारीता कस्ले पाउने भन्ने विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारीकता दिने निर्णय गरेको छ । दल बिभाजन सम्बन्धी नयाँ अध्यादेशको आधारमा महन्त ठाकुर र राजेन्द्र महतो पक्षले निर्वाचन आयोगलमा नयाँ दल दर्ता पनि गरिसकेको अबस्था छ । हामीले यसलाई जसपा बिभाजीत भएको भन्दा पनि एउटा असन्तुष्ट पक्ष बाहीरीएको रुपमा लिएका छौ । पार्टी विचार, सिद्धान्त, कार्यदिसा, संगठनात्मक सिद्धान्तमा भएको बिवाद भन्दा पनि प्राविधिक रुपले फुटेको हो । जनआन्दोलन, जनविद्रोह, जनयुद्ध, मधेस आन्दोलन, जनजाति आन्दोलन ,दलित मुक्ति आन्दोन प्रश्चात बनेको संविधानसभाबाट अहिलेको संविधान बनेको हो ।

केपी ओलीले त यो संविधान मिच्नु भयो । उहाँले संविधान माथि प्रहार गर्दै जसरी असंबैधानिक कदम चाल्नु भयो, प्रतिगमनकारी बाटो अगाल्नु भयो । जसपा त्यसको विरोधमा उत्रियो तर महन्थ ठाकुरहरु पार्टी नीति बिपरीत केपी ओलीको सरकारमा जानु भयो, । त्यो सरकारमा जानु एउटा गल्ती थियो । पार्टीले गल्ती स्वीकार गरी आत्मआलोचना गर्नुस भन्यो । तर उहाँहरुले गल्ती स्वीकार नगरी अझ गलत बाटोमा हिड्नु भयो । उहाँहरु बाहिरीए पनि समुन्नत समाजवादको यात्रामा जसपा अगाडी बढछ । महन्थजीहरुले नयाँ दल दर्ता गर्दै गर्दा हामी केन्द्रीय समितीको बैठका थियौे । यही भाद्र १ र २ गते बसेको जसपाको केन्द्रीय समितीको बैठककले पार्टीको नियामावली पारित गर्दै,समसामायिक राजनीतिक प्रतिबेदन र संगठन सुदृढीकरण तथा अभिमुखीकरण कार्यक्रम (सुज) अभियान चलाउने निर्णय पनि गरेको छ । हामी सुज अभियानमा ब्यस्त छौ । बैठकले संगठन बिस्तार गर्दै चुनाबको तयारी गर्नै पनि निर्णय गरेको छ । हामी त्यही अनुरुप सक्रिय छौ ।

 महन्त ठाकुरहरु बाहीरीदा पार्टीका गतिविधिमा कत्तिको असर गर्ला ?
हामीले त बिचारमा जसपालाई बैकल्पीत र शक्तिमा पहिलो बनाउने भनेर घोषणा पत्रमै उल्लेख गरेका छौं । बिचारमा विकल्प भनेको हामीले समुन्त संघीय समाजवाद भनेका हौ । इमान्दामरीतापुर्वक पहिचानको मुद्दा उठाउनेहरु , संघियताको कुरा उठाउनेहरु , समानुपातिक समावेसिताको कुरा उठाउनेहरु एक ठाँउमा हुनु पर्दछ भनेर पार्टी एकता गरेका थियौ । अहिलेको संविधानमा पनि अभैm केही अपुणता छन् । संविधानमा भएका अपुर्णतालाई संविधान संसोधन मार्फत पुर्णता दिनु पर्दछ । यसको लागि एजेण्डा मिल्लने एकठाउमा हुनु पर्दछ भनि एकता गरेका थियौ । तर उहाँहरुले एजेण्डा देखाउनको लागि मात्र उठाउने गर्नु हुदो रहेछ । स्वार्थ जहाँ पुरा हुन्छ त्यसैको पछि लाग्नु हुदो रहेछ । यो तरीकाले त जनतालाई केही गर्न सकिन्न । उहाँहरु स्वार्थको पछि लाग्नु भयो । एजेण्डा र मुद्दाको पछि होईन । एजेण्डामै प्रष्ट नहुनेहरुसंगैे रहनु नरहनुले खासै असर गर्देन । एजेण्डा र मुद्दाको पछि लाग्ने पुर्ब राजपाका साथीहरु अहिले पनि जसपामै हुनु हून्छ ।

जसपालाई बैकल्पिक शक्ति भन्नु हुन्छ तर व्यवहारमा त अन्य पार्टीको भन्दा फरक छैन अब तपाईहरुलाई कसरी बैकल्पिक पार्टी भन्ने ?
हाम्रो भनाई त के हो भने जनता समाजवादी पार्टी वैकल्पिक शक्ति बनिसकेको भन्ने होईन । हाम्रो देशमा काँग्रेस पार्टी छ , कम्युनिष्ट पाटीहरु पनि छन । उनीहरुले पुँजीवाद र साम्यवादी बिचार बोकेका छन् । हामीले हिजोका पुँजीवादी भन्नेहरुले बोकेको बिचारमा भएका टुर्टीहरु ,साम्यवादीहरुले बोकेको विचारमा भएका टुर्टीहरु सच्चाउँदै एउटा नयाँ विश्व दृष्टिकोण अर्थात समुन्नत समाजवादी विचार र दृष्टिकोण विकास गर्नु पर्दछ भनेर लागेका छौं । विचार दृष्टीकोण, संगठनात्मक सिद्धान्त, व्यवहार सबैमा एउटा वैकल्पिक दृष्टीकोण विकास गरेर अगाडी बढ्नु पर्दछ भन्ने हाम्रो धारणा हो । यसरी विचारमा विकल्प दिन हामी गम्भिर रुपले लागिरहेका छौं, संगठनात्मक पद्यती र संस्कृतिमा विकल्प दिने जुन प्रश्न छ । अहिले हामी प्रकृयामै छौ । प्रकृया पुरा भएपछि बिचार सिद्धान्त संगठनात्मक पद्यती व्यवहार सबैमा विकल्प आउँछ । हामीले हाम्रो राजनीतिक दस्ताबेजमा पहिचान सहितको सङ्घीयत ,समाजवादी अर्थ–राजनीति ब्यबस्था , बिभिन्न जात, जाति, भाषा, लिङ्ग, धर्म, संस्कृतिका समुदायहरूलाई राज्यको नीति निर्माणमा सहभागी गराउने , आर्थिक र सामाजिक न्याय दिने भनेर प्रष्ट उल्लेख गरेका छौ । समाजमा पछि पारीएका वर्ग, वर्ण, जात, जाति, लिङ्ग र सीमान्तकृत तथा बहिष्करणमा पारिएका समुदायहरूको संरक्षण गर्ने । उत्पीडित राष्ट्रियता, महिला, शिल्पी÷दलितलगायत समुदायलाई मुल प्रवाहमा ल्याउने कुरा त अरु पार्टीका छैनन । हिमाल, तराई ,पहाड मिलाउने र जस्तो समाज छ ,त्यस्तै पार्टी बनाउने कुरा त अरुको छैन यो बिचार त हाम्रो पार्टीको हो । त्यसैले हामी बिचारमा स्पष्ट बैकल्पीक बिचार बोक्ने पार्टी हौं । हाम्रो मुल नेतृत्व हेर्दानै हिमाल तराई पहाड मिलाउने समाबेसी प्रकृतीको छन् । नेतृत्वमै उपेन्द्र यादव,बाबुराम भट्टराई,अशोक राई हुनुहुन्छ जुन हेर्दामै समावेशी छ । यसरी एजेण्डामा स्पष्ट बैकल्पीत छौ जुन कुरा बुझाउदै सबैले बुझ्ने गरी बैकल्लपीत बन्ने प्रकृया मै छौ ।

अलिक फरक प्रसँगतर्फ लागौं पुर्व नयाँशक्ति र संघीय समाजवादी फोरम बिचको एकता प्रकृया नसकिदै राजपासँग पनि एकता गर्नु भयो । महन्थ ठाकुर सहित केही नेताहरुले नयाँ पार्टी बनाए पनि अरु त जसपामै हुनु हुन्छ । अब समायोजन प्रकृयालाई कसरी अगाडी बढाउनु हुन्छ ?
नयाँशक्ति र संघीय समाजवादी फोरम बिच एकता प्रकृया लगभग सकिएको छ । एकात ठाउँमा बाँकी भएपनि त्यो पनि छिट्टै सकिन्छ । एकता प्रकृया चल्दै गर्दा बिचमा राजपासँग पनि एकता भयो । अब राजपा सहित एकता गर्नै भन्ने भयो । त्यसैले बीचमा समायोजन रोकियो एउटा त यो भयो अर्को अहिलेसम्म समायोजन प्रकृयाक पुरा हुने थियो तर कोभिड—१९ का कारण त्यसमा ढिलाई भएको हो । यस्तै यो बिचमा राष्ट्रिय राजनीतिमा बिकसित घटना परिघटनाले पनि पार्टीको आन्तरिक राजनीतिमा केही असर पा¥यो । अब समायोजन प्रकृया तीब्र रुपमा अगाडी बढ्छ । सुज अभियानमा उचित विधि प्रकृयाबाट पार्टी एकता र संगठनात्मक समायोजन प्रकृया सकेर एउटा व्यवहारमै वैकल्पिक शक्ति बनाउने अभियान हो । राजपा बाट एकतामा आउनु भएका केही साथीहरु बाहिरीए पनि अरु साथीहरु जसपामै रहने निश्चित भएको छ । यसलाई समेत आधार मान्दै एकता प्रकृया अगाडी बढाउँछौ । अब पार्टी निमार्ण े प्रकृया गाउँ गाउँबाट टोल टोलबाट सुरु हुन्छ ।

सरकारमा कहिले सम्म जानु हुन्छ ?
पार्टीले सरकारमा सामेल हुने निर्णय गरी सकेको छ । भादौ २३ सहभागि हुन्छौं ।। हाम्रो पार्र्टीको पनि केन्द्रिय कार्यकारी समितिको बैठकले समावेशीतालाई ख्याल गर्दै सरकारमा सामेल हुने साथीहरुको टिम चयन गर्ने जिम्मा अध्यक्षद्धय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा वरिष्ठ नेता असोक राई गरी तीनजनालाई दिएको छ । आजभोलीमै सरकारमा सामेल हुने अवस्था आउन सक्छ ।

अलि फरक प्रसंग तर्फ लागौ यहाँ आफु दलित मुक्ति अभियाना पनि हुनुु हुन्छ यो अभियान कसरी चल्दै छ ?
पछिल्लो समयमा यो ऐजेण्डाले धेरै प्रथामिकता पाउन सकेको छैन । यसको कारण भनेको एउटा त कोभिड— १९ को कारण हो , अर्काे तर्फ देशमा राजनीतिक अस्थीरता हुँदा राजनीतिक मुद्दाले बढी प्राथमिकता पाउने अन्य सामाजिक मुद्धाले कम प्राथमिकता पाउने समस्या पनि छ । यती हुँदा हँुदै पनि समाबेसीताका कुरा ,कोठाभाडा प्रकरण आदी उठाई रहेका छौ । त्यस्तै कोभिडका कारण प्रत्यक्ष उपस्थिति भएर सभा सम्मेलन नारा जुलुश नगरे पनि भर्चुअल माध्यमबाट बिभिन्न पक्ष र अभियान्ताहरु बिच छलफल गर्नै पनि गरेका छौ ।

संबिधानमा जातीय बिभेद गरीने छैन भनेर प्रष्ट उल्लेख भए पनि समाजमा बिभेद छदै छ यस्लाई कसरी हटाउन सकिएला ?
अहिले सबिधानमा भएका ब्यवस्था कार्यन्यन नहुनुमा एउटा सबिधानको भावना अनुरुप संरचनाहरु नबन्नु अर्को रहेको छ । अर्काैै बिकास भन्दा साथ भौतिक बिकास बुझ्ने सामाजिक सांस्कृतिक रुपान्तरण नबुझ्ने जस्ता समस्या पनि छन् । यसै गरी कतिपय अधिकार कानुन बनाएर कार्यन्यन गर्ने भन्ने छ । त्यो अनुरुप कानुन बनेका छैनन् । त्यस्तै सबिधानमा भएका ब्यवस्था कार्यन्यन गर्ने त्यसको भावना अनुरुप प्रदेश र स्थानिय तहहरु चल्नु पर्नै त्यसरी चल्न पनि सकेका छैनन् । संबिधानमा भएका ब्यस्थाबारे सरकार र राजनीतिक दलले आम जनतालाई जुन रुपमा बुझाउनु पर्ने त्यसरी बुझाउन नसक्दा पनि समस्या आएको देखिन्छ । त्यसैले पहिला त संबिधानमा भएका ब्यस्थाबारे सरकार र राजनीतिक दलले आम जनतालाई बुझाउनु पर्दछ । सचार माध्यम प्रयोग गरेर पनि यसबारे सचेतना दिलाउनु पर्ने हुन्छ ।

अहिले संबिधानले दिएका अधिकार बारे अधिकार पाउने बर्गले नै थाहा नपाएको पनि देखिन्छ यसबारे सचेत गराउन के गर्दै हुनु हुन्छ ?
हामीले आफ्नो ठाउँबाट गर्ने त गर्दै आएका छौ । हामीहरुकै बिभिन्न आन्दोलन र अभियानले कयौ अधिकार पाप्त पनि भएका छ तर सचेत गराउने काम हामीले मात्र गर्नै होईन । यो काम त राज्य,सरकार र राजनीतिक दलहरुले गर्नु पर्दछ । यहाँको राज्य, न्यायदिने सस्थाले हामीलाई न्याय दिदैन भनेर पनि आफ्नो अधिकारका निम्ती नलड्ने अबस्था पनि छ । म संबिधान सभा सदस्य हुदा मोवाईल न्याय सेबा दिने व्यवस्था हुनुपर्दछ । भनेर कुरा पनि उठाएकी थिए । किनकी भौगोलिक दुर्गमता र आर्थिक अभावले पनि कयौं पिडितहरु न्याय माग्न जाँदैनन । मोबाईल न्याय सेवा दिँदा न्यायसम्म सबैको पहुच पुग्दछ । तर ब्यबस्था गरिएन । त्यसो त संविधानमा भएका अरु कयौं अधिकार वा व्यवस्था पनि कार्यान्वयन भएको देखिदैन । कुरो दलितको मात्र हाईन राजनीतिक दलमा ३३ प्रतिशत महिला हुनु पर्ने भनेको छ, तर दलहरुले त्यो व्यवस्था लागु गरेका छैनन ।

दलित मुक्तिकै बिषयमा संचार माध्यमबाट अभियान चलाउने जागर मिडीयाको पनि यहाँ अध्यक्ष हुनु हुन्छ संस्था कसरी अगाडी बढ्दै छ त ?
जागरण मिडिया भनेको संचारमाध्यलाई माध्यम बनाउदै जातयि बिभेदको बिरुद्ध सामाजकि न्यायको पक्षमा वकालत गर्दै समतामुलक समाज निमार्ण गर्ने भन्ने हो । जातीय छुवाछुतका घटनाहरु जुन मिडीयामा आएका छन त्यसको बिष्लेषण गर्नै । मिडियामा नआएका बिषय मिडियामा ल्याउनलाई मिडीयासंग छलफल गर्नै साथै यस्ता बिषयलाई मिडियामा स्थान दिन आग्रह गर्नै जस्ता उद्देश्य छन् । यी कार्य हामीले गरिरहेकै छौ । हामीले सम्पादकहरुसँग अन्तरक्रिया गर्ने सम्बन्धित विट हेर्ने रिपोटर्सहरुसँग छलफल गर्ने जस्ता कार्य पनि गर्दै आएका छौं । हाम्रो आफ्नै पनि काठमाण्डौंमा रेडियो कटुवाल र रुपन्देहीमा रेडियो जागरण छ यी आफ्नै सञ्चार माध्यम मार्फत पनि हाम्रा कुरा जनता समक्ष लगिरहेका छौ । हामीले संस्थाको तर्फबाट बुलेटिन र पत्रिकाहरु मार्फत पनि गतिविधि र आफ्ना मुद्दाहरु बाहिर लाने गरेका छौं । हामीले संस्था मार्फत मानब अधिकार र न्यायकानिम्ती काम गरीरहेका छौ ।आफ्ना बिषय बारे सरोकारवाला र बिभिन्न नागरीक समाजसंग बसेर पनि अन्तरक्रिया गरेका छौ ।-केशवराज अर्याल