अन्तराष्ट्रिय

उत्तर कोरियाको अतृप्त आणविक भोकले के अर्थ राख्छ ?

प्योङयाङ । उत्तर कोरियाले यसै साता जापानसम्म सजिलै पुग्न सक्ने लामो दूरीको क्रुज मिसाइल सफलतापूर्वक परीक्षण गरेको घोषणा गर्यो । ब्यालिष्टिक मिसाइलभन्दा शक्तिशाली क्रुज मिसाइलले आफ्नो कोण परिवर्तन गरेर अप्रत्यासित ढंगले मार हान्न सक्छ ।

उत्तर कोरियाको आणविक भोक अझै तृप्त नभएको पछिल्लो परीक्षणले देखाउछ । रोग र भोकसँग जुधेको उत्तर कोरियालाई आफ्ना आणविक गतिविधि सञ्चालन गर्न कुनै विषयले पनि रोक्दैन भन्ने पनि पछिल्लो प्रक्षेपणले पुष्टि गरेको छ । क्रुज प्रक्षेपणले विभिन्न प्रश्न पनि उब्जाएको छ । उत्तर कोरिया बारम्बार किन आणविक अस्त्र परीक्षण गर्छ ? परीक्षणले के महत्व राख्छ ? यसले बाँकी संसारलाई कस्तो सन्देश दिन्छ ? इत्यादि । उत्तरले सन् २०१९ देखि आणविक क्षमता विस्तार गरिरहेको छ ।

सन् २०१९ मा भियतनामको हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको असफल शिखर वार्तापछि उत्तरले ‘आत्मनिर्भर’ राष्ट्रिय सुरक्षा रणनीति अप्नाएको देखिन्छ । तर, खाद्य समस्या र आर्थिक संकटबीच उत्तरले किन आणविक बाटो रोजिरहेको छ ? आन्तरिक रुपमा यी परीक्षणले राष्ट्रिय सुरक्षामा किमको आत्मनिर्भरता र उनको मजबुत आत्मविश्वास दर्शाउछ । तर, व्यावहारिक रुपमा क्रुज मिसाइलजस्ता नयाँ क्षमताले उत्तरले आफ्ना शत्रुको योजना तुहाउन सक्छ ।

व्यालिष्टिक मिसाइलको विपरित क्रुज मिसाइल आकाशमा तल्लो उचाइमा उड्छ र सजिलै निशाना बनाउँछ । हालै प्रहार भएको क्रुज मिसाइलले दुई घन्टामा १५ सय किलोमिटर पार गरेको थियो । आफ्नो प्रक्षेपणलाई शत्रुहरुले पत्ता लगाउन कठिन हुने भएकोले  क्रुज मिसाइलमा उत्तर कोरियाको चासो बढेको बताइन्छ । र, यसले आफूलाई रक्षासमेत गर्ने उत्तरको विश्वास छ । तसर्थ, आर्थिक संकटबाबजुद उसले मिसाइल प्रहार गरेको पछिल्लो परीक्षणले दर्शाउछ ।

उत्तर कोरियाले आफ्नो प्राथमिकतामा परिवर्तन नगर्दासम्म वा पश्चिमा मुलकले उसँग बलियो कूटनीतिक सम्बन्ध नजोड्दासम्म किमले भविष्यमा पनि यस्ता परीक्षण गरिरहने विज्ञहरुको भनाई छ ।  यही समयमा उत्तरको क्रुज मिसाइल छनौटले के महत्व राख्छ त ? मिसाइल छनौट र यसको परीक्षणले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको नीति वा सेप्टेम्बर ११ को २०औं वार्षिकीसँग खासै ठूलो अर्थ राख्दैन् ।

दक्षिण कोरिया, जापान र अन्तर्राष्ट्रिय समुदायप्रतिको चासो उत्तर कोरियाली सञ्चार माध्यमप्रति छ, जसले सो परीक्षणलाई ‘रणनीतिक हतियार’ भनेका थिए । यसको अर्थ उत्तर आणविक हतियारसँग निरन्तर जोडिन चाहन्छ । यसअघिको क्रुज मिसाइल प्रणालीमा आणविक हतियार थिएन् । तर, क्रुजको विकास अकस्मात भएको भने होइन् । सन् २०२१ को जनवरीमा किमले यस्तो प्रणाली विकास गर्न थालिएको घोषणा गरेका थिए । यसलाई रणनीतिक आणविक हतियारको रुपमा अगाडि बढाउन सकिने उनले संकेत गरेका थिए ।- एजेन्सी