विविध

उपत्यका विकास प्राधिकरण र उपत्यकाका नगर प्रमुख र उप प्रमुखहरुसँग छलफल

काठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग प्रधिकरणले हालसम्म गर्दै आ्एका कामहरु र प्राधिकरणको आगामी रणनीतिक योजनाहरुको बारेमा छलफल कार्यक्रम समपन्न भएको छ । प्रधिकरणको आफ्नै सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रधिकरणले हालसम्म गरेको काम र आगामी योजनाको बारेमा प्राधिकरणका नायव बिकास आयुक्त दिलिप शेखर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा स्थानिक जनप्रतिनिधिहरुको धारणामा प्राधिकरणको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।

यसै क्रममा उपत्यका विकास प्रधिकरण र स्थानिय निकाय बीच सहकार्य आवश्यक रहेको र ठूला ठूला लगानी गर्नुपर्ने कामहरु, सम्पूर्ण नदिहरुको कोरिडोर निर्माणका कामहरु एकिकृत रुपमा अबका दिनमा प्राधिकरणले गर्नु पर्ने धारणा टोखा नगरपालिकाका प्रमुख प्रकाश अर्यालले व्यक्त गरे । त्यस्तै प्रधिकरणले योजना अनुमति दिने गरेको तर बिना अनुमति डाडाकाँडामा अहिले डोजर चलाउने गरेको देखिएकोले अनुमतिविना गरिने त्यस्ता कार्यलाई रोक्नको लागि पनि प्राधिकरणले ध्यान दिनुपर्ने बताए ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले प्रधिकरण साना साना कामहरु भन्दा ठूला कामहरुमा फोकस हुनुपर्ने र उपत्यकाको नदि कोरिडोर सँगै खोलाको बहाव क्षेत्रको मापदण्ड तयार गरेर लागु गर्नुपर्ने, खोलाको सूचिकरण गर्ने, नदि सभ्यतालाई कायम गर्दे दिगो रुपमा संरक्षण कायम गर्ने, सार्वजनिक जग्गा संरक्षण जस्ता कार्यलाई प्राथमिकता दिदै नगरपालिकाहरुलाई प्रविधिक सहयोग गनेर्, समन्वयातमक भूमिका निर्वाह गर्नुपर्ने र अझ अधिकार सम्पन्न र सशक्त भएर प्राधिकरण अगाडि बढ्नु पर्ने बताए । त्यस्तै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले काठमाण्डौ उपत्यकाको मास्टर प्लान काठमाण्डौ उपत्यका विकास प्रधिकरणले बनाउनुपर्ने, प्रधिकरणले नगरपालिकासँग समन्वय गरेर विकासनिर्माणका कामहरु गर्नुपर्ने र अनाधिकृत रुपमा भएको जग्गाको खण्डिकरण नियन्त्रण गर्नुपर्ने बताए ।

त्यस्तै उपत्यका भित्र बस्ति विकासका लागि योग्य ठाउँ पहिचान गरेर व्यवस्थित वस्ति विकासमा पनि उपत्यका विकास प्रधिकरणले काम गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै विगत दश पन्ध्र बर्षदेखि शुरु भएका ल्याण्डपुलिङ् आयोजनाहरु समयमा सम्पन्न हुन सकेका छैनन् यसलार्इ निश्चित समय तोकेर सम्पन्न गनेगरी काम गर्नुपर्ने नत्र स्थानिय जनताहरुले सधै दुःख पाइरहेने संभावना रहको बताए ।

चन्द्रगीरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले बाहिरी चक्रपथ काठमाण्डौको सवारी चापलाई नियन्त्रण गर्ने एउटा मात्रै विकल्प भएकोले छिटो भन्दा छिटो काम शुरु गरिहाल्नुपर्ने विगतमा जस्तो कुरामात्रै होइन चक्रपथलाई बिशेष प्राथमिकतामा राखेर अगाडि बढाइहाल्नुपर्ने बताए । बर्षौ देखि जग्गा रोकेर काम पनि नगरेको र फुकुवा पनि नगरेकोले अब यसलाई प्रक्रिया अगाडि बढाइहाल्न सुझाव दिएका थिए । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले कागेश्वरी मनोहरा क्षेत्रमा समार्ट सिटिको लागि भनेर जग्गा रोकेर राखेको भएपनि अहिले सम्म बन्न नसक्नाले जनताको विश्वास कम हुँदै गएको छ त्यसैले स्मार्ट सिटिको कामलाई छिटो शुरु गर्नुपर्ने र जति ढिला हँदै गयो त्यति नै काम गर्न समस्या उत्पन्न हुने बताए । जुन क्षेत्रमा नयाँ नगर बन्न सकदैन त्यस्तो षेत्रलाई रोकेर राख्नको औचित्य नहुने बताए ।

त्यस्तै तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले उपत्यका विकास प्राधिकरणले साना साना काम नगरेर ठूलो बजेट पर्ने कामहरु गर्नुपर्ने र स्थानीय निकायसँग समन्वय गरेर काम गर्दा प्राधिकरणको काम प्रभावकारी हुने बताए । त्यस्तै कागेश्वरी मनोहराकी उप प्रमुख बिन्दु पुडासैनी लगायतले आ आफ्नो धारण राखेका थिए । उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले काठमाण्डौ उपत्यका विकास प्राधिकरणको उदेश्य काठमाण्डौ उपत्यकालाई पर्यटकिय, सांस्कृतिक, पुरातात्विक सम्पदाको शहरको रुपमा चिनाउदै सम्पदाको संरक्षण गर्दै, संबद्र्धन गर्दै भौतिक पूर्वाधार युक्त, वातावरण मैत्री शहर बनाउने हो । उपत्यकाको समग्र विकास प्राधिकरण र स्थानिय निकायको जिम्वेवारी भएकोले आगामी दिनमा नगरपालिकाहरु र प्राधिकरणले सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताए ।

उपत्यका विकास प्रधिकरण र स्थानिय नगरपालिका बीचको सम्बन्ध नङ् र मासु जस्तौ हुनुपर्ने भन्दै प्राधिकरणले विगतका दिनहरुमा स्थानिय निकायसँग समन्वय नगरि कामहरु गरिरहेको हो की भन्ने महशुश आफुलाई भएको र अबका दिनमा आफ्नो टिमले काम गर्दा स्तानिय निकायलाई प्राथमिकतामा राखेर समन्वयमा मात्रै कामहरु अगाडि बढाउने प्रतिबद्धता समेत जनाए । आफू बिकास आयुक्तको रुपमा आइसकेपछि प्राधिकरणले गर्नुपर्ने समन्वयात्मक भूमिका, अनुगमनकारी भुमिका, नियमनकारी भूमिका, नियन्त्रण र निषेधाकारी भूमिकालार्ई व्यवहारिक रुपमा निर्वाहगर्दै अगाडि बढेको र स्थानिय निकायका प्रमुख उपप्रमुखहरुले दिएको सुझाव सल्लाहलाई पनि मध्यनजर गर्दै अझ सशक्त रुपमा प्राधिकरण अगाडि बढ्ने छ उनले भने ।

उपत्यका भित्र जथाभावि रुपमा विना अनुमति भइरहेका जग्गाको खण्डिकरण रोक्न, मापदण्ड विपरित बनेका संरचनाहरुलाई नियन्त्रण गर्नका लागि प्राधिकरणले विभिन्न समिति बनाएर काम गरिरहेको बताए । कार्यक्रममा नयाँ नगर र बाहिरी चक्रपथ निर्माण प्राधिकरणको ठूलो योजना र अहिलेको प्रमुख प्राथमिकता रहेकोले यस कार्यमा स्थानियसँग सहकार्य गरेर मात्र अगाडि बढ्ने पनि बताए । त्यस्तै उपत्यकाका बिभिन्न नगरपालिकाहरुमा रहेको सार्वजनिक जग्गा संरक्षण र पार्क निमाणका कार्यलाई प्राथमिकताका साथ स्थानिय निकायसँगको सहकार्यमा अगाडि बढाउने बताए ।