अन्तराष्ट्रिय

पश्चिम बंगाल उपनिर्वाचनमा मुख्यमन्त्री ममता बेनर्जीको जित

भारत, (पश्चिम बंगाल)  ।  बंगाल राज्यको भबानीपुर क्षेत्रमा गत बिहीबार भएको उपनिर्वाचनमा आइतबार सार्वजनिक भएको मतपरिणाममा ममता बेनर्जील निकटतम् प्रतिष्पर्धीभन्दा ५८ हजार बढी मत ल्याएरे चुनाव जितेको छ ।

भारतीय जनता पार्टीकी उम्मेवार प्रियंका तिब्रेवालले हार स्वीकार्दै १ लाख बढी मतले जित्छु भन्ने बेनर्जीको भनाइ पूरा नभएको बताइन् । गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफू भने पराजित भएकी थिइन् । नन्दीग्राम चुनाव क्षेत्रमा उनी तृणमूल कंग्रेस छोडेर भाजपामा गएका उनको क्याबिनेटका पूर्वमन्त्री समेत रहेका शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् ।