मस्को । रुस–युक्रेन युद्ध भएको २८ दिन पुगेको छ । पुटिनको सेनाले पूर्वी युरोपको एउटा सानो देशको नक्सा पूरै परिवर्तन गरेको छ । यति हुँदाहुँदै पनि कीभ अझै स्वतन्त्र छ । तर यो युद्ध आगामी दिनमा झनै विनाशकारी हुने देखिन्छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘यदि युक्रेनले युद्धमा ‘अस्तित्वको खतरा’ सामना गनुप¥यो भने रूसले त्यस्तो अवश्थामा मात्र आणविक हतियार प्रयोग गर्नेछ’ सीएनएनसग कुरा गर्ने क्रममा बताएका छन् ।
क्रेमलिनका प्रवक्ताले भनेकाछन् हामीसँग घरेलु सुरक्षाको बारेमा सिद्धान्त छ र यो सार्वजनिक छ । तपाईं आणविक हतियार प्रयोग गर्न को लागी सबै कारणहरु पढ्न सक्नुहुन्छ । त्यसैले यदि हाम्रो देशको अस्तित्वमा खतरा उत्पन्न भयो भने, यसलाई हाम्रो सिद्धान्त अनुसार प्रयोग गर्न सकिन्छ । युक्रेन युद्धमा पुटिनले आणविक हतियार प्रयोग नगर्ने कुरामा विश्वस्त हुनुहुन्छ कि भनी होस्ट क्रिस्चियन अमेनपुरले अन्तर्वार्तामा सोधेपछि पेस्कोभले यस्तो बयान दिएका हुन् ।
रूससँग सबैभन्दा धेरै आणविक हतियार छ पेस्कोभल भने यो एक जिम्मेवार आणविक शक्ति काम गर्ने तरिका होइन । विश्वमा सबैभन्दा बढी आणविक हतियार रुससँग भएकोले विश्व पनि चिन्तित छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्वयुद्ध भए परमाणु हतियारले लड्ने बताएका थिए । विगतमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग वार्ता गर्न आफू तयार रहेको तर समाधान नभए तेस्रो विश्वयुद्ध हुने बताएका थिए ।
Add Comment