कैनबरा । अष्ट्रेलियामा भारतीय जनसंख्या सबैभन्दा छिटो बढिरहेको छ । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको तथ्याङ्कबाट यो खुलासा भएको हो । सन् २०१६ देखि अस्ट्रेलियामा बसोबास गर्ने भारतीय मूलका मानिसको जनसंख्या ४८ प्रतिशतले बढेको छ ।
पछिल्लो जनगणना अनुसार २०२१ जुन १ मा देशमा ६,७३,३५२ मानिस बसोबास गरिरहेका थिए, जुन सन् २०१६ (४,५५,३८९) को तुलनामा ४७.८६ प्रतिशतले बढी हो । विदेशमा जन्मिएका यीमध्ये भारतीयको संख्या सबैभन्दा बढेको छ । भारतले चीन र न्युजिल्यान्डलाई उछिन्दै अष्ट्रेलिया र इङ्ल्यान्डपछि तेस्रो नम्बरमा रहेको छ ।
अष्ट्रेलियामा नेपालीको संख्या पनि दोब्बर
अष्ट्रेलियाको आधा जनसंख्या (४८.६%) यस्तो छ कि आमाबाबु मध्ये कम्तिमा एक विदेशमा जन्मेको हो । २०१७ को जनगणना पछि १० लाख (१,०२०,००७) भन्दा बढी आप्रवासीहरू देशमा बसोबास गरेका छन् । अधिकांश विदेशी भारतबाट आएका छन् । उनीहरुको संख्या २ लाख १७ हजार ९ सय ६३ जनाले बढेको छ । दोस्रो उच्च वृद्धि नेपाली मूलका व्यक्तिहरूको हो, जुन दोब्बरभन्दा बढी (१२३.७ प्रतिशत) हो । सन् २०१६ यता नेपालबाट थप ६७ हजार ७ सय ५२ जना अष्ट्रेलिया पुगेका छन् ।
क्रिस्चियनहरूको संख्या घट्यो
पहिलो पटक अष्ट्रेलियाका आधाभन्दा कम नागरिक (४४%) ले आफूलाई क्रिश्चियनको रूपमा वर्णन गर्छन् । २०१६ मा यो संख्या ५०% थियो। जबकि ५० वर्षअघि अस्ट्रेलियामा ९० प्रतिशत इसाई थिए । यद्यपि, आज पनि क्रिस्चियनहरू देशमा सबैभन्दा ठूलो छन् । हिन्दूहरू कुल जनसंख्याको २.७% छन् । कुनै पनि धर्ममा विश्वास नगर्नेहरू पनि ३९% छन् । उनीहरुको संख्या ९ प्रतिशतले बढेको छ ।
Add Comment