मुख्य समाचार

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

काठमाडौँ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले–कार्डसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले नाराबाजी सहित प्रदर्शन गरेका गरेका छन् । तरुण र विद्यार्थीहरुले भ्रातृ संस्थामा एकलौटी नियुक्ति गरेको तथा अध्यक्षमात्रै नियुक्त गरेर अपूरो बनाएको, महाधिवेशन सकिएको छ महिना बितिसक्दा पनि पार्टीका विभागहरु गठन नगरेको तथा विधानबमोजिमका अन्य कामहरु पूरा नगरेको भन्दै विरोध गरेका छन् ।

सभापति देउवाले चैतपछि सोमबार स्थानीय निर्वाचनको परिणाम र चुनावी गठबन्धनबारे छलफल गर्न भन्दै केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन् । पार्टीमा देउवाको कार्यशैलीबारे विरोध जनाउँदै आएको कोइराला समूहले केन्द्रीय समिति बैठकमा कडारुपमा प्रस्तुत हुने जनाएको छ