अन्तराष्ट्रिय

 पाकिस्तानमा केटीहरूको शरिर मेसिनले ड्रिल गरिन्छ’ : बलुचिस्तान निर्वासित सरकारकी प्रधानमन्त्रीले भनिन जीवन कठिन छ, मृत्यु सजिलो छ

बलुचिस्तानको निर्वासित सरकारकी प्रधानमन्त्री डा. नायला कादरी बलोचले पाकिस्तानबाट स्वतन्त्र हुन आह्वान गरेकी छन् । कादरीले भनिन कि बलुचिस्तानका प्रत्येक बच्चा आतंकवादी हुन र बलुचिस्तान पाकिस्तानको अवैध कब्जाबाट स्वतन्त्रता चाहन्छन् । त्यहाँका सर्पहरू पनि स्वतन्त्रताका लागि लडिरहेका छन् । जसलाई ‘नाग देवता’ भनिन्छ । उनीहरूले बलुच जनतालाई टोक्दैनन्, बंकरहरूमा प्रवेश गरेर पाकिस्तानी सेनालाई मारिरहेका छन् । हाम्रा साना केटीहरूको लागि पाकिस्तानले बलात्कार कक्ष स्थापना गरेको छ । जहाँ उनीहरुलाई नग्न र यातना दिइन्छ । कादरीले शुक्रबार जयपुरमा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै भनिन् ।

कादरीले भनिन– ‘अहिले बलोचसँग के भइरहेको छ, हामी कल्पना गर्न सक्दैनन् । किनभने यो कुनै पनि मानिसले यस्तो गर्न पनि सकिँदैन । हिन्दूहरुको हिंगलाज माताका सन्तान पाकिस्तानी आतंककारी र आतंककारीको हातमा छन् भनेर राजस्थान र भारतका जनताले कसरी सहने ? पाकिस्तानी आतंकवादले विश्वभर आतंक फैलाएको छ । यसलाई रोक्न भारतका जनताले आफ्नो भूमिका खेल्नुपर्छ ।
भारतका जनता र सरकारबाट सहयोग माग्दै उनले भनिन – बलुचिस्तानमा क्रान्ति सुरु गर्ने आजाद हिन्द फौजका नायकहरू नेताजी सुभाषचन्द्र बोस, भगत सिंह, चन्द्रशेखर आजाद, अशफाकुल्लाह खान जस्ता क्रान्तिकारी हुन् । उनले भनिन– नर्वेली जनता र मानवअधिकारकर्मी एहसान अर्गेमान्डी १२ वर्षसम्म पाकिस्तानको जेल यातना कक्षमा बसे । धेरै प्रयास पछि उनको देशले उनलाई पाकिस्तानको चंगुलबाट बचाएको छ । संयुक्त राष्ट्रसंघमा पाकिस्तानमा आफ्नो जिवन निकै पीडादायी भएको एहसानले बताएका छन् ।
उनको अगाडि एक बलुच केटीलाई यातना कक्षमा अपमानित गरियो । त्यसपछि उनको सम्पूर्ण शरीरलाई मेसिनले ड्रिल गरी मर्नको लागि छोडियो । पाकिस्थानको सरकारले एहसानलाई जुलाई २००९ देखि अगस्ट २०२१ सम्म यातना दिइएको थियो ।

बलुचिस्तानको झण्डा फहराउँदै डा. नायला कादरी बलोचका आँखा आँसुले भरिएको थियो । उनले आफ्नो देशको झण्डालाई चुम्बन गरिन र झण्डा टाउकोमा राखेर भनिन मलाई बलुचिस्तानको स्वतन्त्रता मन पर्छ । २ लाख भन्दा बढी बलुच युवा र महिला, बालबालिका, वृद्धहरु स्वतन्त्रता संग्राममा शहीद भएका छन् । पछिल्लो १५ वर्षमा पाकिस्तान र चीनको सेनाले बलुचिस्तानमा ५५ हजारभन्दा बढी मानिसलाई बेपत्ता बनाएको छ । जसमा ९० वर्षदेखि ७ दिनकी बालिका समेत पर्छन् । उनीहरुलाई घरबाट निकाले छन् । उनीहरुलाई रिहा गर्न उनले अन्तर्राष्ट्रिय अदालतको ढोका समेत ढकढकाएका छिन् । पाकिस्तानले जीवनलाई यति कठिन बनाएको छ कि अब हाम्रो लागि मृत्यु मात्र सजिलो छ ।

कादरी बलोच भन्छिन् कि म आफ्नो दाहिने आँखाले देख्न सक्दिन । म एक यातना बाट बाँचेकि हुँ । मेरो आफ्नै परिवार र नजिकका मानिसहरू पनि यातनाको सिकार भए । हामीले धेरै नजिकका साथीहरू गुमाएका छौं । महिलाको अवस्था यस्तो छ कि उनीहरुलाई त्यहाँ शान्तिपूर्वक बस्न दिँदैनन् । त्यहाँ जीवन छैन र सम्मान छैन । हाम्रा लागि केही बाँकी रहेन । केटीहरू उठाउनु् र तिनीहरूलाई लैजानुमा कसैले सोध्नेवाला छैन ।

पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रताका लागि समर्थन जुटाउन राजस्थान भ्रमणमा आएकी डा. नायला कादरीले श्री अखिल रावण राजपूत सेवा संस्थानका राज्य अध्यक्ष रञ्जित सिंह सोडाला र उनको टोलीसँग भेट गरेकिछिन । बलुचिस्तान र राजस्थानमा बस्ने समाजका मानिसहरूको समर्थन खोजेकि छिन् । आफू सन् २०१२ देखि निर्वासनमा बस्दै क्यानडामा शरण लिएर बसेको कादरीले बताइन् । उनी विश्व बलुच महिला संघकी अध्यक्ष र निर्वासित बलुच सरकारकी प्रधानमन्त्री हुन् ।

निर्वासनमा रहेका सरकारका प्रतिनिधिहरूले विश्वभरि स्वतन्त्रताको पक्षमा समर्थन जुटाउन जननेताहरू, सञ्चारमाध्यमहरू, संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूबाट सहयोगको लागि आह्वान गरिरहेका छन् । कादरीले भनिने, ‘हामी चाहन्छौं कि भारतका जनता बलूचसँग मिलेर स्वतन्त्रता संग्राममा हरेक तहमा समर्थन गरून् ।

डा. नायला कादरीले भनिन – भारतको सुख शान्ति बलुचिस्तानको स्वतन्त्रतासँग पनि जोडिएको छ । आतंक जसले आज भारतलाई सताइरहेको छ । पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईले स्लीपर सेलको रुपमा दंगा मच्चाएर भारतको शान्तिमा खलल पु¥याउँछ । जुन दिन बलुचिस्तान स्वतन्त्र हुनेछ त्यो दिन पाकिस्तानी आतंकवादलाई निर्मूल गर्ने दिन हुने छ ।

डा. नाइला कादरीले बलुचिस्तानमा गृहयुद्ध चलिरहेको बताइन् । हाम्रा जनता आफ्नो स्वतन्त्रताको लागि लडिरहेका छन् । पाकिस्तानी सेनाले बलुचिस्तानमा अवैध रूपमा कब्जा गरेको छ । आफ्नो अन्तर्राष्ट्रिय सीमालाई ध्यानमा राखेर पाकिस्तानले आफैंले ११ अगस्ट १९४७ मा हस्ताक्षर गरेको छ । बलुचिस्तानको सार्वभौमसत्तालाई मान्यता दियो । त्यो सम्झौता बेलायती सरकारले पनि हस्ताक्षर गरेको छ । पाकिस्तानले यसको उल्लङ्घन गर्दै २७ मार्च १९४८ मा सेनाको आधारमा स्वतन्त्र देश बलुचिस्तान कब्जा गरी आफ्नो प्रान्त बनाएको थियो । त्यस दिनदेखि आजसम्म बलुचिस्तान आफ्नो स्वतन्त्रताको लागि लडिरहेको छ ।