अन्तराष्ट्रिय

जापानमा बाँदरको आतंक, ५० जना घाइत

टोकियो : जापानका जनतामा अहिले बाँदरको डर छ । अधिकारीहरूले बाँदरलाई पक्रेर मार्ने काम भइरहेको बताएका छन् । मंगलबार यी बाँदरले यामागुशीमा ५० जनालाई घाइते बनाएका थिए । अधिकारीहरूले सबैभन्दा आक्रामक बाँदरलाई समातेका छन् । यो बाँदर एक हाईस्कूलमा उपस्थित थियो र यसलाई शिकारीहरूले आक्रमण गरेर समातेका छन् । पहिले औषधि दिएर शान्त गरियो र त्यसपछि शिकारीहरूले समातेको जापानी समाचारमा उललेख गरिएको छ । यो बाँदरलाई पछि आक्रमणका लागि जिम्मेवार मुख्य बाँदरको रूपमा पहिचान गरिएको थियो । यो बन्दर गिरोहको उग्र बाँदर थियो जसले आक्रमण गरिरहेको थियो।

अधिकारीहरूले पछिल्ला केही दिनदेखि बाँदरको खोजी गरिरहेका थिए । तीन साताअघि जापानमा बाँदरको आतंकले सबैलाई डराएको थियो । यी बाँदरहरूले बालबालिका र वयस्कहरूलाई निशाना बनाइरहेका थिए । बाँदरको आक्रमणबाट हुने चोटहरू खासै गम्भीर छैनन् । समाचार एजेन्सी एएफपीका अनुसार हालसम्म यस्ता घटनाका रिपोर्टहरू आइरहेका छन् र बाँदर गिरोहका बाँकी सदस्यहरूको खोजी भइरहेको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार गिरोहमा रहेका सबै बाँदर फरक–फरक साइजका भएकाले धेरै बाँदर समातिए पनि समातिएको बाँदर ४ वर्षको र करिब १ फिट ७ इन्च अग्लो रहेको बताइएको छ । जापानमा, मकाक बाँदरको प्रजाति देशका धेरै भागहरूमा देख्न सकिन्छ । यी बाँदरहरू कहिले बाली खान्छन् त कहिले घरभित्र पस्छन् । तर यामागुशीमा भएको आक्रमणलाई असाधारणको रूपमा वर्णन गरिएको छ ।

एक अधिकारीले भने कि यो एकदमै अचम्मको कुरा हो कि धेरै छोटो समयमा यस्तो आक्रमण भएको छ । सुरुमा यी बाँदरले बालबालिका र महिलालाई निशाना बनाउँदै आएका थिए । तर, त्यसपछि उनीहरूले वृद्धदेखि वृद्ध पुरुषलाई पनि निशाना बनाउन थाले । साउनको पहिलो साता जाल लगाएर समात्ने प्रयास असफल सावित भएको थियो ।

त्यसपछि उनीहरुलाई पक्राउ गर्न प्रहरीले गस्ती गर्नुपरेको थियो । केही दिनअघि बाँदरको समूहले एक घरमा घुसेर ४ वर्षीया बालिकालाई घाइते बनाएको थियो । त्यही बेला एउटा बाँदर बालवाडीको कक्षा कोठामा पसेको थियो । जापानमा म्याकाक बाँदरको बढ्दो जनसङ्ख्या पनि अधिकारीका लागि टाउको दुखाइको विषय बनेको छ ।