अन्तराष्ट्रिय

सोमालियामा आतंकवादी संगठन अल–शबाबलद्वारा छुट्टाछुट्टै बम विष्फोट १९ जनाको मृत्यु, २३ घाइते

मोगादिसु । सोमालियाका दुई सहरमा बुधबार भएको छुट्टाछुट्टै बम विस्फोटमा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । दुवै हमला तल्लो शाबेले क्षेत्रमा भएको थियो । पहिलो घटना मार्का शहरमा भएको थियो, जहाँ एक आक्रमणकारीले आफूलाई विस्फोट गराएका थिए । जसमा १३ जनाको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए । दोस्रो घटना अफगोय शहरमा भएको थियो, जहाँ दुईवटा आक्रमण भएका थिए । जसमा ७ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।

इस्लामिक आतंकवादी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । एक अधिकारीका अनुसार पहिलो विस्फोट मार्का सहरको प्रशासनिक मुख्यालयबाहिर भएको थियो । मेयर अब्दुल्लाही अली वाफो निशाना थिए । यहाँका गभर्नर इब्राहिम अदान अली नाजाले भने – आत्मघाती आक्रमणकारीले विस्फोटक ज्याकेट लगाएका थिए । प्रशासनिक मुख्यालयबाहिर पुग्दा उनले आफैंलाई विस्फोट गराए । उक्त आक्रमणमा मेयर अब्दुल्लाही अली वाफोको मृत्यु भएको थियो ।

अफगोय सहरको स्थानीय बजारमा दुईवटा आक्रमण भएको अधिकारीले बताए । सडक किनारमा भएका यी दुई विष्फोटमा ७ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका छन् । अफगोय जिल्ला प्रशासनका पूर्व प्रवक्ता अब्दुकादिर आइडोलले दुईवटा बारुदी सुरंग विस्फोट भएको बताए । दोस्रो विस्फोट भयानक थियो । पहिलो विष्फोटपछि यहाँ उद्धार कार्य जारी रहेको थियो । त्यसपछि दोस्रो विस्फोट भयो । विष्फोटमा दुई सैनिकको मृत्यु भएको पनि बताइएको छ । तर, मृतकको सनाखत हुन सकेको छैन ।

अल–शबाब के हो
अल–शबाब एक आतंकवादी संगठन हो । यसको उद्देश्य २०१७ मा बनेको सोमालिया सरकारलाई पराजित गर्नु हो, अल–शबाबको जन्म २००६ मा भएको थियो । उनी साउदी अरेबियाको वहाबी इस्लामलाई पछ्याउँछन् र मोगादिसु सहर युनियन अफ इस्लामिक कोर्ट, शरिया अदालतहरूको संगठनको नियन्त्रणमा थियो । यसको प्रमुख सरिफ शेख अहमद थिए । सन् २००६ मा इथियोपियाली सेनाले संगठनलाई पराजित गर्यो र अल–शबाबको जन्म भयो । अल–शबाब इस्लामिक अदालतहरूको संघको कट्टरपन्थी शाखा हो ।