अन्तराष्ट्रिय

ड्रिलको बहानामा चीनले चारैतिरबाट घेर्यो ताइवानः अमेरिका, जापान र अष्ट्रेलियाले दियो चेतावनी

चीनताइवान । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले आक्रामक अडान लिएको छ । चीनले ताइवानको वरिपरि धेरै ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको छ । पेलोसी ताइपेईको भ्रमणको जवाफमा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । चीनले चालबाजीको बहानामा ताइवानलाई घेरा हालेको छ र अहिले सीमाको पनि वास्ता गरेको छैन । अर्कोतर्फ अमेरिका, अष्ट्रेलिया, जापानले चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् ।

आफ्नो सैन्य अभ्यासमा, चीनले आफ्नो सबैभन्दा ठूलो विमान वाहक युद्धपोतहरू, आणविक–सशस्त्र सुपरसोनिक ब्यालिस्टिक मिसाइलहरू, स्टिल्थ लडाकु विमानहरू, निगरानी र जासूसी विमानहरू एन्टी–एयरक्राफ्ट गनहरू र आक्रमण युद्धपोतहरू, ड्रोनहरू समेत प्रक्षेपण गरेको छ ।

अर्कोतर्फ चीनको अडानलाई ध्यानमा राख्दै अमेरिका, अष्ट्रेलिया र जापानले ड्रायगनलाई आफ्नो सैन्य अभ्यास तत्काल बन्द गर्न आग्रह गरेका छन् । तीन देशले ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ र जापानका विदेशमन्त्री हायासी योशिमासाले आसियान सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक र भेटपछि संयुक्त वक्तव्य जारी गरेको हो ।

विदेशमन्त्रीहरूले ताइवान जलडमरूमा शान्ति र स्थायित्व कायम गर्न आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् । उनले ताइवान स्ट्रेटमा तनाव कम गर्ने महत्तोमा आसियनको कथनको प्रशंसा गरेका छन् । परराष्ट्रमन्त्रीहरूले कूटनीतिको आवश्यकतामा जोड दिँदै अन्तर्राष्ट्रिय शान्ति र स्थिरतालाई गम्भीर रूपमा असर गर्ने ठूला स्तरका सैन्य अभ्यासहरू सहित पीआरसीका हालैका कार्यहरूप्रति चिन्ता व्यक्त पनि गरेका छन् ।
यसअघि अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले ‘एक चीन नीति’को उल्लङ्घन भएको भन्दै चीनले सैन्य अभ्यास सुरु गरेको थियो ।