मुख्य समाचार

छ वर्ष पछि पुष्पकमल दाहाल र बाबुरामबीच एउटै चुनाव चिन्हबाट निर्वाचनमा जाने सहमति

काठमाडौं । समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

प्रचण्ड र भट्टराईबीच आज भएको भेटवार्तामा एउटै चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको हो । समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका हुन् । उनीहरु ६ वर्षपछि एउटै पार्टीबाट चुनाब लड्न लागेका हुन् ।
दुई नेताबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने सहमति भएको छ । यो सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन हुन बाँकी नै छ । यद्यपि, प्रचण्डले यसबारे पार्टीका अधिकांश शीर्ष नेतालाई ब्रिफिङ गरिसकेका छन् ।