मुख्य समाचार

गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन छ ।

गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको उल्लेख गर्दै देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताए । सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा देउवाले स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको र अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको बताए । उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्न बताए ।