अन्तराष्ट्रिय

थाइल्याण्डमा आक्रमणकारीको परिवार सहित ३६ जनाको मृत्यु : मृत्यृ हुनेमा २४ बालबालिका

बैंकक, थाइल्याण्ड । थाइल्याण्डको एक बाल हेरचाह केन्द्रमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । घटनामा २४ बालबालिका सहित ३६ जनाको मृत्यु भएको समाचारले जनाएको छ । आक्रमणकारीले आफ्नो परिवारलाई समेत ध्वस्त पारे, त्यसपछि आत्महत्या गरे । यस घटनामा लागूऔषध कोण भएको बताईएको छ ।

रिपोर्टका अनुसार गोलीबारी उत्तरी प्रान्तको नोङबुवा लाम्फुमा भएको थियो । आक्रमणकारी पूर्व प्रहरी अधिकृत पन्या खम्राब (३४) थिए । लागुऔषध मुद्दामा बर्खास्त भएका खम्बाबले बाल हेरचाह केन्द्रमा गोली हानी आत्महत्या गरेका थिए । यसअघि उनले श्रीमती र छोराको पनि हत्या गरेका थिए ।

थाइल्याण्डको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारी मेजर जनरल जिरापोब पुरीडेटका अनुसार आक्रमणकारी उच्च शिक्षित र फिट थिए । प्रहरी अधिकृत भएको केही महिनामै लागुऔषध तस्करीमा संलग्न भए । अन्तर कार्यालय औषधि परीक्षणमा असफल भएपछि उनलाई बर्खास्त गरिएका थिए । त्यसपछि उनी पूर्णकालीन लागूऔषध तस्कर बने । उनी एकपटक पक्राउ समेत परेका थिए । त्यो मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ ।

गोली चल्दा स्थानीय अधिकारी जिडापा बन्सोम नजिकै कार्यरत थिए । उनले भनेका छन्– पटाका चलेको जस्तो लाग्यो । गोलीबारी पछि थाहा भयो । आक्रमणकारीले बालबालिकामाथि गोली चलाएको थियो । गोली लागेर दुई वर्षीय बालक र गर्भवतीको पनि मृत्यु भएको छ । आक्रमणकारी दिउँसो बाल हेरचाह केन्द्रमा प्रवेश गरेका थिए । बाल हेरचाह केन्द्रमा खाजाको समय चलिरहेको थियो । उनले कर्मचारीमाथि गोली प्रहार गरेका थिए । त्यसपछि उनी जबरजस्ती बालबालिका सुतिरहेका बन्द कोठामा पुगेका थिए ।

फेब्रअरी ८, २०२० मा पनि थाइल्याण्डको नाखोन रत्चासिस्मा शहरमा एक प्रधानाध्यापकले यहाँको प्रख्यात टर्मिनल २१ सपिङ मलमा गोली चलाएको थियो । घटनामा २९ जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए । गोली चलाउने आक्रमणकारी फरार भएका थिए । झण्डै १८ घण्टापछि घटनास्थलबाट ६० किलोमिटर टाढा प्रहरीको मुठभेडमा उनको मृत्यु भएको थियो । थाइल्यान्डमा बन्दुक संस्कृति वर्षौंमा द्रुत रूपमा बढेको छ । दक्षिण एसियाका अन्य देशको तुलनामा यहाँ बन्दुक राख्नेको संख्या धेरै छ । योसँगै अपराधिक घटना पनि बढेको छ ।