इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा आइतबार साँझ भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ भने इस्तिकलाल सपिङ स्ट्रिटमा भएको घटनामा ३८ जना घाइते भएका छन् । विष्फोट करिब ४ः१५ बजे भएको थियो । त्यसबेला यहाँ ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।
मिडिया रिपोर्टका अनुसार इस्तिकलालमा ७ वर्षअघि सन् २०१५–१६ मा पनि सिरियल ब्लास्ट भएका थिए । त्यसपछि इस्लामिक स्टेट (आईएसआईएस) समूहले यी आक्रमणको जिम्मेवारी लिएको थियो । केही मिडिया रिपोर्टहरूले दावी गरे अनुसार यो फिदाइन आक्रमण थियो र यसको पछाडि टर्की आतंकवादी संगठन तस्किमको हात रहेको छ । यो समूहले टर्कीबाट अलग हुन माग गर्दै आएको छ ।
इस्तानबुलका गभर्नर एली येर्लिकायाले स्थानीय च्यानल टीआरटीसँगको कुराकानीमा भने– केही व्यक्तिको मृत्यु भएको छ । संख्या अहिले नै भन्न सकिने अवस्था छैन । हामी यसलाई आतंकवादी हमलाको रूपमा हेरिरहेका छौं । हामीले घटनाको फुटेज सामाजिक सञ्जालमा सेयर गर्न निषेध गरेका छौं, किनभने यसले अनुसन्धानलाई असर गर्न सक्छ ।
स्थानीयले विस्फोटको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । भीडभाड भएको सडकमा अचानक विस्फोट भएको देख्न सकिन्छ । यसले जनतामा त्रास पैदा गरेकोछ । विष्फोटपछिको भिडियो पनि सार्वजनिक भएको छ, जसमा धेरै मानिस सडकमा घाइते अवस्थामा लडिरहेका देखिएका छन् ।
विस्फोटको जानकारी प्राप्त हुनासाथ एम्बुलेन्स, दमकल र प्रहरी घटनास्थलमा पुगेका छन् । टर्कीका टिभी च्यानलहरूमा विस्फोटका तस्बिरहरू देखाइँ रहेका छैनन् । प्रहरीले पुरै क्षेत्रलाई सिल गरेको छ । व्यक्ति वा पत्रकारलाई घटनास्थलमा जान दिइँदैन । आइतबार बिदा भएकाले इस्तिकलालको भीड थियो । यो स्वदेशी तथा विदेशी पर्यटकको मनपर्ने ठाउँ पनि हो । वरपरको क्षेत्र मार्गहरू, पसलहरू र रेस्टुरेन्टहरूले घेरिएको छ । यस अवस्थामा, क्षति उच्च हुन सक्छ । यद्यपि नजिकैको कासिम्पासा प्रहरी चौकीले यस सम्बन्धमा कुनै जानकारी दिएको छैन ।
Add Comment