अन्तराष्ट्रिय

भरतको मिजोरममा ढुंगा खानीमा दुर्घटना, दर्जनौं मानिस खानीमा फसे, प्रशासनद्वारा उद्धार कार्य तिब्र

नया दिल्ली । उत्तरपूर्वी राज्य मिजोरममा अबेर साँझ ढुङ्गा खानी दुर्घटनामा करिब १२ जना फसेका छन् । उनीहरुलाई बचाउन प्रशासनले अभियान चलाएको छ । खानीमा भइरहेको कामका क्रममा यो घटना भएको बताइएको छ । दुर्घटनामा मानवीय वा धनमालको क्षति भए नभएको अहिलेसम्म खुल्न सकेको छैन । प्राप्त जानकारी अनुसार यो घटना सोमबार (नोभेम्बर १४) साँझ मिजोरमको हनथियाल गाउँमा भएको हो । खानीमा मानिस फसेको जानकारी पाएलगत्तै प्रशासनले घटनास्थल पुगेर राहत कार्य भइरहेको जनाएको छ ।

स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेको छ कि निजी कम्पनीका कामदारहरू भर्खरै हनथियाल जिल्लाको मौदहमा आफ्नो लन्च ब्रेकबाट फर्केका थिए सोही समयमा ढुङ्गा खानी धसेर गुफामा परेको थियो । खानीमा १२ जना मजदुरसहित ५ वटा हिताची एक्साभेटर र अन्य ड्रिलिङ मेसिन पुरिएको जानकारी छ । दुर्घटनाको खबर पाएर स्थानीय गाउँपालिका र हनथियाल नगरका बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा सहयोग गर्न थालेका थिए । यस बाहेक राज्य आपदा बल, सीमा सुरक्षा बल र असम राइफल्सलाई पनि उद्धार कार्यमा मद्दत गर्न बोलाइएको छ । साढे दुई वर्षदेखि खानीको काम चलिरहेको छ ।