अन्तराष्ट्रिय

गाजा पट्टीको शरणार्थी शिविरमा आगलागीः १० बालबालिका सहित २१ जनाको मृत्यु; शिविरमा प्यालेस्टिनी शरणार्थीहरू थिए

गाजा शहर । गाजा पट्टीमा रहेको शरणार्थी शिविरमा बिहीबार राति आगलागी भएको छ । दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० बालबालिका रहेका छन् । आगो लागेको भवनमा ठूलो संख्यामा प्यालेस्टिनी शरणार्थीहरू बस्छन् । ग्यास चुहावटका कारण आगलागी भएको आशंका गरिएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरी अधिकारीले बताए । प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा पेट्रोल राखिएको थियो । आगलागीको कारण यही हुनसक्छ ।

शव र घाइतेलाई ल्याइएको अस्पतालका निर्देशकले मृतक बालबालिकाको सङ्ख्या १० पुगेको बताए । एक अधिकारीले भने– आगो भयानक थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । धेरै मानिसहरु गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । एक प्रत्यक्षदर्शीले अनुसार भवन अगाडि मानिसहरु चिच्याइरहेका थिए । कसैले आएर आफन्तलाई बचाओस् भनी प्रार्थना गरिरहेका थिए । केटाकेटी र महिलाहरू जिउँदै जलिरहेका थिए र उनीहरूलाई बचाउने ठाउँ थिएन । एक स्थानीयले भने– भवनमा पेट्रोल राखिएको थियो । त्यहाँ जेनेरेटर चलाउनको लागि पेट्रोल राखिएको थियो । भवनमा उत्सव चलिरहेको एक अधिकारीले बताए । परिवारका आफन्त विदेशबाट फर्केकाले उनको लागि मात्रै उत्सव मनाइँदै थियो । मृत्यु हुनेमा अधिकांश एकै परिवारका सदस्य रहेका छन् । संख्या अझै स्पष्ट छैन ।

आगलागी निकै भयानक भएको एक दमकलले बताएको छ । आगो नियन्त्रणमा लिन करिब एक घण्टा लागेको थियो । यसैबीच मानिसहरूलाई बचाउन उद्धार कार्य जारी छ । भवनमा बस्ने अधिकांशलाई बाहिर निकालिएको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले यो घटनालाई राष्ट्रिय त्रासदी भनेका छन् । एक दिनको शोकको घोषणा पनि गरिएको छ । एक रिपोर्ट अनुसार गजपट्टी विश्वको सबैभन्दा घनी जनसंख्या भएको ठाउँ हो । यहाँ २३ लाख मानिस बस्छन् । सामान्यतया सघन जनसङ्ख्या भएको ठाउँमा एक वर्ग किलोमिटरमा ५ हजार ७०० जनसङ्ख्या हुन्छ । यो आँकडा लन्डनको जनसंख्या जत्तिकै हो तर गाजाको कुरा गर्ने हो भने एक वर्ग किलोमिटरमा ९ हजार मानिस बस्छन् ।