प्योङयाङ । उत्तर कोरियाले शुक्रबार इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (ICBM) परीक्षण गरेको छ । यो मिसाइल जापानको समुन्द्री सिमानामा खसेको हो । जापानी प्रधानमन्त्री फुमियो किशिदाका अनुसार उक्त क्षेप्यास्त्र पश्चिमी जापानको ओशिमा टापुबाट २१० किलोमिटरको दुरीमा खसेको थियो । उत्तर कोरियाले यो मिसाइल सुनान क्षेत्रबाट प्रहार गरेको थियो । जापानका रक्षामन्त्री यासुकाजु हामादाले भने– यो ब्यालेस्टिक मिसाइल ६ हजार किलोमिटरभन्दा बढी उचाइमा उडेको थियो । यो मिसाइलको दायरा पर्याप्त छ । यो अमेरिकासम्म हान्न सक्सक्छ । यो मिसाइल १५ हजार किलोमिटरसम्म उड्न सक्षम छ ।
एक (ICBM) हजारौं किलोमिटर यात्रा गर्न सक्छ । अर्को शब्दमा उत्तर कोरियाले यस प्रकारको मिसाइलले अमेरिकालाई पनि निशाना बनाउन सक्छ । सन् २०१७ मा पहिलो पटक उत्तर कोरियाले छिट्टै विश्वको कुनै पनि भागमा प्रहार गर्न सकिने मिसाइल तयार गर्ने बताएको थियो ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उत्तर कोरियाको यो कदमप्रति आपत्ति जनाएकी छन् । एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड पुगेकी कमला ह्यारिसले भनिन उत्तर कोरियाको यो कार्यको निन्दा गर्न सबै सहयोगीहरूलाई अपिल गर्दछु । यो संयुक्त राष्ट्र संघको नियमको उल्लङ्घन हो । योसँगै जापानका प्रधानमन्त्रीले यसलाई उत्तेजक कार्य भनेका छन् । उनले यस्तो कुकर्म सह्य नहुने बताएका छन् ।
उत्तर कोरियाले आफ्नो सैन्य क्षमता तिब्र गतिमा बढाएको छ । यसअघि पनि उत्तर कोरियाले धेरै मिसाइल परिक्षण गरिसकेको छ । उत्तर कोरियाले यो वर्ष अहिलेसम्म ३४ वटा मिसाइल प्रहार गरिसकेको छ । शुक्रबार प्रहार गरिएको मिसाइलको उचाइ र दायरा मार्च २४ मा प्रहार गरिएको मिसाइलभन्दा १०० किलोमिटर कम थियो । सीएनएनको रिपोर्टका अनुसार मार्चमा प्रहार गरिएको मिसाइललाई उत्तर कोरियाको अहिलेसम्मकै सबैभन्दा खतरनाक मिसाइल मानिएको छ । यसले ६,२४८.५ किलोमिटर उचाइमा उडेको थियो भने १०९० किलोमिटरको दूरी तय गरेको थियो ।
Add Comment