Home » Sample Page » पहिलो पटक उत्तर कोरियाका तानाशाहकी छोरी विश्वसामु, बुवा किम जोङ उनसँग मिसाइल प्रक्षेपण हेर्न देखा परिन्
अन्तराष्ट्रिय

पहिलो पटक उत्तर कोरियाका तानाशाहकी छोरी विश्वसामु, बुवा किम जोङ उनसँग मिसाइल प्रक्षेपण हेर्न देखा परिन्

नयाँ दिल्ली । उत्तर कोरियाका तानाशाह किम जोङ उनकी छोरी पहिलो पटक विश्वसामु देखा परेकी छन् । शनिबार कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा किम जोङ उन आफ्नी छोरीसँग देखिएका थिए । यस क्रममा किम जोङ उन १२ वर्षीया छोरीको हात समातेको देखिए । किम जोङ उन आफ्नी छोरीसँग खुलेर संसारको अगाडि आएको यो पहिलो पटक हो । यद्यपि उनकी छोरीको बारेमा अन्य जानकारी भने खुलेको छैन । यसमा न त उनले खुलाएका छन् न त विस्तृत विवरण नै खुलाएका छन् । यो तस्बिर त्यतिबेलाको हो जब दुबै जना ह्वासोङ–१७ आईसीबी मिसाइलको निरीक्षण गर्न पुगेका थिए ।

किम जोङ उनकी छोरी १२ देखि १३ वर्षको हुन सक्ने अनुमान गरिएको छ । मिसाइल प्रक्षेपण जानकारी अनुसार किमकी छोरीको उपस्थितिको बारेमा कसैलाई पूर्व जानकारी थिएन । सार्वजनिक भएको तस्विरमा किम जोङ उन सेतो कोटमा बुबासँग हात मिलाउँदै गरेको देखिन्छ । अमेरिकाको स्टिम्सन सेन्टरका उत्तर कोरियाली नेतृत्व विशेषज्ञ माइकल म्याडेनले भने मानिसहरूले किम जोङ उनकी छोरीलाई सार्वजनिक कार्यक्रममा देखेको यो पहिलो पटक हो । यो निकै विशेष भएको उनले बताए । विज्ञहरूका अनुसार किमका तीन सन्तान दुई छोरी र एक छोरा छन् ।