Home » Sample Page » चीनमा मुस्लिम युवतीसँग चिनियाँ युवाको जबरजस्ती विवाह, विरोध गर्ने बाबुलाई जेल, बिहे बापत साढे चार लाख 
अन्तराष्ट्रिय

चीनमा मुस्लिम युवतीसँग चिनियाँ युवाको जबरजस्ती विवाह, विरोध गर्ने बाबुलाई जेल, बिहे बापत साढे चार लाख 

बेइजिङ/वाशिंगटन । चीनले सिनजियाङ प्रान्तमा उइगर मुस्लिमको विरोधलाई दबाउन ठूलो बाजी खेलिरहेको छ । यहाँ उइगर मुस्लिम जनसंख्याको पहिचान मेटाउन उइगर युवतीहरूलाई चिनियाँ युवाहरूसँग जबरजस्ती विवाह गराइन्छ । चीनको हान समुदायका युवालाई विवाहका लागि विशेष भत्ता दिइँदै आएको छ । वाशिंगटनको उइगर मानव अधिकार परियोजना (यूएचआरपी) का अनुसार यदि कुनै उइगर केटीले जबरजस्ती विवाहको विरोध गर्छ भने उनका आमाबाबुलाई जेल हालिन्छ ।

उइगर मानव अधिकार परियोजना (यूएचआरपी) का अनुसार कुनै पनि उइगर केटीले हान केटासँग विवाहको विरोध गर्न सक्दैन । जिनपिङ तेस्रो पटक कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएपछि मात्रै सिनजियाङ प्रान्तमा सय हान युवा र उइगर युवतीको विवाह भएको छ । यी विवाहहरू कम्युनिस्ट अधिकारीहरूको उपस्थितिमा हुन्छन् । एक हान केटालाई उइगर युवतीसँग विवाह गर्न करिब ४.५ लाख रुपैयाँ दिइन्छ । यस प्रकारको अन्तरजातीय विवाहका लागि दम्पतीहरूलाई निःशुल्क आवास, चिकित्सा सुविधा र अन्य प्रकारका विशेष भत्ताहरू पनि दिइन्छ, तर ती सबै सुविधाहरू हान केटाको नाममा मात्र जारी गरिन्छ ।

हान युवा र उइगर केटीहरू बीचको यस प्रकारको अन्तरजातीय विवाह चिनियाँ राष्ट्रपति जिनपिङको एक राष्ट्र, एक परिवारको परियोजना हो । यस प्रकारको अन्तरजातीय विवाहले पश्चिमी सिनजियाङ प्रान्तका उइगर मुस्लिमहरूको विरोधलाई दबाउन सक्ने उनीहरूको विश्वास छ । चीनको सिनजियाङ क्षेत्रमा उइगर जातीय र धार्मिक अल्पसंख्यकहरू क्रुरूरताको सिकार भइरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगको प्रतिवेदनबाट यस्तो खुलासा भएको हो । यहाँ जनताको मानवअधिकार हनन भइरहेको प्रतिवेदनमा उल्लेख छ । उनीहरुलाई बन्धक बनाएर यातना दिइन्छ ।