अन्तराष्ट्रिय

अमेरिकाको कोलोराडोको नाइटक्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते

कोलोराडो, यूएस । शनिबार (नोभेम्बर १९, २०२२) कोलोराडोको एक नाइटक्लबमा गोली चल्दा ५ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका छन् । समलिङ्गी नाइट क्लबमा पार्टी चलिरहेको थियो, त्यही क्रममा गोली चलेको थियो । कोलोराडो प्रहरीले एक संदिग्धलाई हिरासतमा लिएको र हाल उपचार भइरहेको जनाएको छ । घटना कोलोराडो स्प्रिंग्सको क्लब क्युमा भएको हो । लेफ्टिनेन्ट पामेला क्यास्ट्रोले कन्फरेन्स कलमा गोली लागेर संदिग्ध व्यक्ति पनि घाइते भएको बताइन् ।