अन्तराष्ट्रिय

इन्डोनेसियामा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प, ५६ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

जकार्ता । इन्डोनेसियामा सोमबार आएको भूकम्पमा परी ५६ जनाको मृत्यु भएको छ । सात सयभन्दा बढी घाइते भएका छन् । राजधानी जकार्ता लगायत आसपासका क्षेत्रका मानिसहरु आतंकित भएर बाहिर निस्किएका छन् । भवनहरु खाली गरिसकिएको छ । समाचार एजेन्सीका अनुसार ५ दशमलव ६ रेक्टर स्केलको भूकम्पको केन्द्र जाभाको सियानजुरमा रहेको थियो । सोही अस्पतालमा २० जनाको मृत्यु भएको एक अधिकारीले बताए । जसका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

भूकम्पका केही भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेका छन् । भत्केका भवन, भग्नावशेष र क्षतिग्रस्त गाडीहरु देखिन्छन् । एक अधिकारीले भने– हामी मानिसहरूलाई तत्कालका लागि आफ्नो भवनबाट बाहिर ननिस्कन अपील गर्दछौं, किनकि त्यहाँ परकम्पको सम्भावना छ । राजधानी जकार्तामा एम्बुलेन्सको साइरन निरन्तर सुनिन्छ । इन्डोनेसिया सरकारको द्रुत प्रतिक्रिया टोलीले स्थितिको अनुगमन गरिरहेको छ ।

संसारमा हरेक वर्ष २०,००० भूकम्प आउँछन्
संसारमा हरेक वर्ष धेरै भूकम्प आउँछन् तर तिनको तीव्रता कम हुन्छ । राष्ट्रिय भूकम्प सूचना केन्द्रले हरेक वर्ष करिब २० हजार भूकम्पको रेकर्ड राख्छ । यसमध्ये १०० भूकम्पले बढी क्षति पु¥याउने गरेका छन् । भूकम्प केही सेकेन्ड वा केही मिनेटसम्म रहन्छ । इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने भूकम्प सन् २००४ मा हिन्द महासागरमा गएको थियो । यो भूकम्प १० मिनेटसम्म चलेको थियो ।