अन्तराष्ट्रिय

पाकिस्तानी सेनामा विद्रोह हुने खतरा: नयाँ सेना प्रमुखको विरोध गर्ने २ अधिकारीले लिए अवकाश

इस्लामाबाद । पाकिस्तानी सेनामा विभाजन हुने संकेत देखिएको छ । नयाँ सेना प्रमुख जनरल असिम मुनिरको नियुक्तिप्रति असन्तुष्ट दुई वरिष्ठ जनरलले राजीनामा दिने निर्णय गरेका छन् । यी दुवै जनरल पूर्वप्रधानमन्त्री इमरान खानका निकट रहेका मानिएका छन् । यी मध्ये एक लेफ्टिनेन्ट जनरल फैज हमिद इमरान सरकारको समयमा आईएसआईका प्रमुख थिए । निवर्तमान सेना प्रमुख जनरल कमर जावेद बाजवाले उनलाई यस पदबाट हटाएका हुन् । दोस्रो अफिसरको नाम लेफ्टिनेन्ट जनरल अजहर अब्बास हो । उनी इमरानको मनपर्ने पनि हुन् । मिडिया रिपोर्टका अनुसार अरु केही वरिष्ठ अधिकारीले पनि चाँडै नै राजीनामा दिन सक्नेछन् ।

फैज हमीदलाई कट्टरपन्थी विचारधाराका अधिकारी मानिन्छ । २०१७ मा, उनले तहरीक–ए–लब्बैकको २१ दिन लामो हडताल समाप्त गरेका थिए । यसका सबै नेताहरू बचेका थिए, जबकि उनीहरूमाथि ८ प्रहरी मारेको आरोप थियो । आईएसआई प्रमुख रहँदा उनले कश्मीरका आतंकवादी संगठनलाई पनि धेरै सहयोग गरेका थिए । फगानिस्तानमा तालिबानलाई सत्तामा ल्याउन हमिदको भूमिका पनि थियो र त्यसको फुटेज पनि सार्वजनिक भएको थियो ।

अजहर अब्बासलाई पनि इमरानको निकट र कट्टरपन्थी झुकाव भएको अफिसर मानिन्छ । जनरल बाजवासँग उनको कहिल्यै मेल थिएन । अब्बासको असिम मुनिरसँग पनि राम्रो सम्बन्ध छैन । हाल उनि प्रधानसेनापति छन् । फैज र अजहर अर्को वर्ष अप्रिलमा रिटायर हुने तयारीमा थिए तर अब उनले सेना छोड्ने निर्णय गरिसकेका छन् ।