अन्तराष्ट्रिय

इटालीको इस्चिया टापुमा भारी वर्षापछि आएको पहिराले घर, सडक सबै ध्वस्ते

रोम । इटालीको इस्चिया टापुमा भारी वर्षापछि पहिरो गएको छ । यो घटनामा एक महिलाको मृत्यु भएको छ । १० जनाभन्दा बढी बेपत्ता रहेको बताइएको छ । क्याम्पानिया क्षेत्रमा बस्ने लिसा मोकियारोले पहिरोपछि घर, सडक सबै ध्वस्त भएको बताइन् । उनले भने–राती करिब ३ बजेतिर ठूलो आवाज आयो । यसपछि पहिलो पहिरो गएको हो । दोस्रो पहिरो ५ बजेतिर भएको थियो । वरपरको दृश्य निकै खतरनाक थियो ।

गृहमन्त्री माटेओ पियानटेडोसीले मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने उद्दार कार्य जारी रहेको बताएका छन् । यहाँको अवस्था निकै नाजुक छ । धेरै मानिस भग्नावशेषमा पुरिएका छन् । हामीले एक महिलाको शव फेला पारेका छौं । मृत्यु हुनेको संख्या बढ्न सक्छ । यो छुट्टी मनाउने टुरिष्टको गन्तव्य हो । पहिरोमा परी धेरै विदेशी पर्यटक घाइते भएको हामीले अनुमान गरेका छौं ।