अन्तराष्ट्रिय

जापानसम्म फायर पावर हुने ब्यालेस्टिक मिसाइल उत्तर कोरियाले फेरि ग¥यो परीक्षण

उत्तर कोरिया । उत्तर कोरियाले आइतवार (डिसेम्बर १८) आफ्नो पूर्वी तटमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ (फायर्ड २ ब्यालिस्टिक मिसाइल), जुन पछिल्लो एक महिनामा हतियारको पहिलो परीक्षण हो । दुई दिन अघि मात्र उत्तर कोरियाले मुख्य भूमि अमेरिकामा प्रहार गर्न सक्ने शक्तिशाली इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल बनाउन आवश्यक महत्वपूर्ण परीक्षण गरेको दाबी गरेको थियो ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले आफ्नो सेनाले उत्तर कोरियाले उत्तरपश्चिमी टोङ्चाङ्ग्री क्षेत्रबाट प्रहार गरेको दुईवटा ब्यालेस्टिक मिसाइल पत्ता लगाएको बताएको छ । मिसाइलहरू उत्तर कोरियाको पूर्वी सागरतर्फ उडेका थिए । उत्तर कोरियाको सोहाए स्याटेलाइट प्रक्षेपण केन्द्र टोङ्चांगरी क्षेत्रमा अवस्थित छ, जहाँ देशले विगतमा उपग्रहहरू बोक्ने धेरै लामो दूरीका रकेटहरू प्रक्षेपण गरिसकेको छ ।

एक दक्षिण कोरियाली अधिकारीले पीटीआईलाई बताए अनुसार यी मिसाइलहरू करिब ५० मिनेटको अन्तरालमा प्रहार गरिएको थियो । यद्यपि, यी अधिकारीहरूले अन्य कुनै पनि जानकारी साझा गर्न अस्वीकार गरेका छन् । यी अधिकारीहरूलाई उत्तर कोरियाले कस्तो प्रकारको हतियार परीक्षण ग¥यो र कति टाढा उड्यो भनेर पनि सोधिएको थियो । यी प्रश्नहरूको जवाफ अधिकारीहरूले दिएनन् । संयुक्त चिफ अफ स्टाफले बताए अनुसार दक्षिण कोरियाली सेनाले आफ्नो निगरानीलाई बलियो बनाएको छ र अमेरिकासँग नजिकको समन्वय कायम गरिरहेको छ ।

अर्कोतर्फ यस विषयमा जापानको कोस्ट गार्डसँग कुराकानी गर्दा उनीहरुले उत्तर कोरियाबाट प्रहार गरेको मिसाइल जापान र कोरियाली प्रायद्वीपको बीचको समुन्द्रमा खसेको बताए । यी अधिकारीहरूले थप भने दुवै मिसाइलहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेका थिए । यसअघि बिहीबार उत्तर कोरियाले सोहाई केन्द्रमा नयाँ रणनीतिक हतियार ’हाइ–थ्रस्ट सोलिड फ्युल मोटर’ परीक्षण गरेको थियो ।

यस नयाँ रणनीतिक हतियारको परीक्षणले उत्तर कोरियालाई अमेरिकी मुख्य भूमिमा प्रहार गर्न ब्यालेस्टिक मिसाइल विकास गर्न मद्दत गर्न सक्छ । तर, सोहाइ केन्द्रबाट आइतवारको परीक्षा लिइएको हो वा होइन भन्ने अझै खुल्न सकेको छैन । गत महिना लामो दूरीको ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) परीक्षणपछि उत्तर कोरियाले गरेको यो पहिलो सार्वजनिक परीक्षण हो । यसैबीच, विज्ञहरू विश्वास गर्छन् कि उत्तर कोरियाले तीब्र गतिमा आफ्ना हतियारहरूको परीक्षण गरिरहेको छ, जसले गर्दा उसले अमेरिकालाई आफूमाथि लगाइएको प्रतिबन्धबाट राहत पाउन र अन्य छुटहरू लिन दबाब दिन सक्छ ।