अन्तराष्ट्रिय

छातीमा विषालु सुई लगाएर यहुदीको हत्या अर्डर टाइप गर्ने ९७ वर्षीया जर्मनी महिलालाई कारबाही

बर्लिन । इर्मगार्ड फुर्चनरले जब नाजीहरूसँग काम गर्न थालिन उनको उमेर १९४३ मा १८ वर्षको थियो । त्यति केला उनका लागि यो काम मात्रै थियो अपराध थिएन । उनको काम सचिवको रूपमा काम गर्ने र आफ्ना कमाण्डरहरूको आदेश टाइप गर्ने थियो । ७९ वर्षपछि २० डिसेम्बर २०२२ मा उनलाई सोही आदेश टाइप गरेकोमा सजाय दिइएको थियो । जर्मनीको एक अदालतले ह्वीलचेयरमा बसेकी ९७ वर्षीया जर्मन महिलालाई १०,५०० भन्दा बढी यहूदीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको छ । अदालतले ती व्यक्तिको हत्यामा उनको कमाण्डरसँगै संलग्न रहेको स्वीकार गरेको छ ।

निर्दोष यहूदीहरूको हत्यामा ८० वर्षभन्दा माथिका व्यक्तिलाई जिम्मेवार ठहराएको यो जर्मनीमा पहिलो पटक भने होइन । विगत धेरै वर्षदेखि जर्मनीले दोस्रो विश्वयुद्धको समयमा गरेका अपराधका लागि धेरै नाजी दिग्गजहरूलाई सजाय दिँदै आएको छ । इर्मगार्ड फुर्चनर नामकी ९७ वर्षीया महिलालाई जर्मनीको इत्जोफको अदालतले नाजी यातना शिविरमा १० हजारभन्दा बढी मानिसको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको छ । यस अपराधमा उनलाई २ वर्षको जेल सजाय सुनाइएको छ । अदालतका प्रवक्ताका अनुसार सन् १९४३ मा फोर्चनर १८ वर्षकी हुँदा उनले नाजी सेनाको स्टुथफ यातना शिविरमा टाइपिस्टको रूपमा काम गरेकि थिइन् । काम गर्दागर्दै उनले यातना शिविरमा निर्ममतापूर्वक मारिएका मानिसहरूको कागजी काम गर्थिन् । अदालतका अनुसार मानिसहरूलाई मृत्युको नजिक ल्याउन उनको त्यो काम महत्त्वपूर्ण थियो । त्यसैले उनलाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

रिपोर्टहरूका अनुसार फोर्चनरले दोस्रो विश्वयुद्धमा काम गरेको एकाग्रता शिविरमा ६०,००० मानिसहरूको मृत्यु भएको थियो । नाजी सेनाले यी मानिसहरूलाई क्रुरूर र निर्दयी तरिकाले मार्ने गर्द थे । केही मानिसहरूलाई भाग्न लगाउने र त्यसपछि उनीहरूलाई पछाडिबाट गोली हानिन्थ्योे । केहीलाई पेट्रोल र विषाक्त फिनोलको सुई लगाइन्थ्यो । त्यस्तै कतिपयलाई बिना लुगा कपडा नङ्गै चिसोमा राखिन्थ्यो ।
फोर्चनरले त्यो अपराध गर्दा उनी नाबालिग थिइन् अदालतले भनेको छ । त्यसैले बालिका ऐन बमोजिम उनको सजाय तोकिएको हो । फोर्चनरले १९४३ देखि १९४५ सम्म नाजी अधिकारीहरूसँग काम गरेकि थिइन् । फोर्चनरका वकिलले अदालतलाई उनको विरुद्धमा पेश गरिएका प्रमाणहरूले ती व्यक्तिहरूलाई मार्ने वा त्यस्ता कार्यहरूमा संलग्न हुन उनको कुनै मनसाय थिएन भनेर प्रमाणित गर्दैन बताएका छन् ।

अल जजीराको रिपोर्टका अनुसार वकिलको तर्कको जवाफ दिँदै अदालतले महिलालाई यातना शिविरको कमाण्डरको लागि टाइप गरेको आदेशको लागि सजाय दिइएको बताएको छ । आदेश पछ्याउँदै हजारौं मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए । राज्य अभियोजक मैक्सी वान्टगेनले भने कि मानिसहरूले फोर्चनर केवल एक सचिव थिए भन्ने सोच्छन्, तर त्यो पद पनि त्यस समयमा सम्पूर्ण प्रशासनमा धेरै महत्त्वपूर्ण थियो ।

सुन्दा अनौठो लाग्न सक्छ गत वर्ष ९६ वर्षीय फोर्चनरले अदालतको सुनुवाइबाट बच्न भाग्ने प्रयास गरेका थिइन् । अदालतका प्रवक्ताले उनी भागेका कारण मुद्दाको सुनुवाइ केही दिन ढिलो भएको बताएका थिए । ट्रायलको दिन बिहान फर्चुनले ट्याक्सी लिए र अज्ञात ठाउँमा गएकि थिइन् । त्यसपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । फरार भएको खबर आएको केही समयपछि प्रहरीले उनीहरुलाई फेला पारेको थियो ।

फोर्चनर र उनको सम्पूर्ण मामलाको बारेमा एउटा चाखलाग्दो बिन्दु उनको गवाही थियो जसले १९५० को दशकमा नाजी कमाण्डरलाई दोषी ठहराएको थियो । वास्तवमा पश्चिम जर्मनीको एक अदालतमा यी महिलाले लाखौं निर्दोष मानिसहरूको हत्या गरेको आरोप लागेका हिटलरका कमाण्डरहरूमध्ये एक विरुद्ध गवाही दिएकि थिइन् । अचम्मको कुरा के छ भने अपराधमा प्रत्यक्ष संलग्न भएर पनि ती कमाण्डरले ९ वर्षको जेल सजाय पाएका थिए ।

फोर्चनर ९७ वर्षको हुनुअघि नै जर्मनीले दोस्रो विश्वयुद्धमा गरेका अपराधका लागि धेरै वृद्ध नाजीहरूलाई बुढेसकालको सजाय सुनाइसकेको छ । वाशिंगटन पोस्टले रिपोर्ट गरे अनुसार उनको मुकदमा अघि फुर्चनरले न्यायाधीशहरूलाई एउटा पत्र लेखेकि थिइन् । यसमा उनले म अप्ठ्यारोबाट बच्न चाहन्छु भनेकी छन् । म संसारको अगाडि हाँसोको पात्र बन्न चाहन्न । एक वरिष्ठ अनुसन्धानकर्ताका अनुसार जर्मनीमा पुराना नाजीहरूलाई यो लज्जास्पद महसुस गराउन सजाय दिइने गरिन्छ ।

फुर्चनरअगाडि सजाय सुनाइएका बुढा नाजीहरु
१. ३ लाख मानिसको मृत्युको लागि अउस्विट्सको यातना शिविरमा लेखापालको रूपमा काम गर्ने ९४ वर्षीय ओस्कर ग्रोनिङलाई जिम्मेवार भनिएको थियो ।
२. ९५ वर्षीय हुबर्ट जाफ्केलाई पनि जर्मनीले ३६८१ जनाको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको थियो । उनी Auschwitz को यातना शिविरमा एक चिकित्सा परिचर थिए ।
३. ९४ वर्षीय रेनहोल्ड ह्यानिङ १ लाख ७० हजार मानिसको हत्यामा दोषी ठहर भएका आस्विट्सको शिविरमा गार्ड थिए ।
४. ९३ वर्षीय गार्ड ब्रुनो डेलाई जर्मनीले ५ हजार २३० जनाको हत्या गरेकोमा दोषी ठहर गरेको थियो ।