Home » Sample Page » अमेरिकामा क्रिसमसमा हिउँ आँधीको छायाः कडा चिसोबाट २० करोड मानिस पीडित, क्रिसमसको पूर्वसन्ध्यामा सबैभन्दा चिसो
अन्तराष्ट्रिय

अमेरिकामा क्रिसमसमा हिउँ आँधीको छायाः कडा चिसोबाट २० करोड मानिस पीडित, क्रिसमसको पूर्वसन्ध्यामा सबैभन्दा चिसो

मिशिगन । अमेरिकामा लाखौं मानिसहरूले क्रिसमसको पूर्वसन्ध्या अँध्यारोमा र चिसोले काँप्दै बिताइ रहेका छन् । हिमपात, भारी वर्षा र बाढीले जनजीवन कष्टकर बनाएको छ । यो धेरै अमेरिकी शहरहरु को लागी सबैभन्दा चिसो क्रिसमस ईभ भएको छ । अमेरिकाको मिशिगनमा तापक्रम माइनस १७ डिग्री सेल्सियस पुगेको छ । करिब २० करोड मानिस कडा चिसोसँग लडिरहेका छन् । धेरै सहरमा विद्युत आपूर्ति नराम्ररी प्रभावित भएको छ । २० लाखभन्दा बढी मानिसहरुको घरमा बिजुली छैन ।

खराब मौसमका कारण १० हजारभन्दा बढी उडान रद्द भएका छन् । आफ्नै घरमा क्रिसमस मनाउन चाहने लाखौंलाई ठूलो झट्का लागेको छ । मानिसहरु विमानस्थलको भुइँमा सुतेर रात बिताउन बाध्य भएका छन् । गाडीमा यात्रा गर्ने धेरै मानिसहरु सडकमै अलपत्र परेका छन् ।
हिम तूफानले करिब २ हजार माइल चौडा क्षेत्रको जनजीवन प्रभावित भएको छ । यो आँधी क्यानडा नजिकैको ग्रेट लेकदेखि मेक्सिकोको सिमानामा रहेको रियो ग्रान्डेसम्म फैलिएका छ । मौसमका कारण २३ जनाभन्दा बढीले ज्यान गुमाइ सकेका छन् । अमेरिकी जनसंख्याको ६०% ले गम्भीर मौसमसँग सम्बन्धित सल्लाह र चेतावनीहरू प्राप्त गर्दछ । करोडौं जनता कडा चिसोको सामना गरिरहेका छन् । खराब मौसमका कारण क्रिसमसको रमाइलो नमाइलो भएको छ ।