अन्तराष्ट्रिय

चीनमा कोभिड–१९: चीनमा संक्रमितको संख्या १० करोड र १० लाखको मृत्यु हुनसक्ने विज्ञहरूको दावी

नयाँ दिल्ली । चीनमा कोरोना विष्फोटको बीचमा, चिकित्सकहरूले त्यहाँ करिब १० करोड कोभिड केस र १० लाखको मृत्यु हुने भविष्यवाणी गरेका छन् । जानकारी अनुसार डिसेम्बरको पहिलो २० दिनमा चीनको जनसंख्याको १८ प्रतिशत अर्थात २४ करोड ८० लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । दिल्लीको सफदरजंग अस्पतालका पल्मोनरी मेडिसिनका एचओडी डा निरज कुमार गुप्ताले शनिबार भनेका छन् गणनाको आधारमा हामी चीनमा १०० मिलियन कोभिड केसहरू र १० लाखको मृत्युको अनुमान गरिहेका छौ जुन धेरै ठूलो संख्या हो । डा गुप्ताले भने कि चीन अहिले त्यही चरणमा छ जहाँ भारत पहिले थियो तर भारत अहिले यो भाइरससँग लड्न निकै अनुभवी भएको छ । डा गुप्ताले भने, हामीले पहिलो लहर, डेल्टा भेरियन्टको दोस्रो लहर र ओमिक्रोन भेरियन्टको तेस्रो लहरको सामना गर्यौं जुन गम्भीर थिएन तर धेरै संक्रामक थियो । उनले देशको कडा लकडाउन रणनीतिका कारण चिनियाँ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कम रहेको बताए ।

भारतमा कोभिड–१९: चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डबाट आउने यात्रुका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य, कोरोना रोकथाम केन्द्रको निर्णय ।

कोरोनाका बढ्दो केसका कारण चीनमा चिकित्सा स्रोतको अभाव सबैभन्दा ठूलो चुनौती बनेको छ । चिनियाँ अस्पतालमा शैया छैन, भेन्टिलेटर र औषधिको पनि अभाव छ । यसबाहेक चिकित्सक र स्वास्थ्यकर्मीहरुको पनि ठूलो अभाव छ । चीनमा मृतकले शवदाह गृहमा स्थान पाउन सक्दैनन् । अर्कोतर्फ सरकारको कडाईका कारण शुक्रबार (२३ डिसेम्बर २०२२) जनता सडकमा उत्रिए । ग्वान्झाउमा जनताले चिनियाँ सरकारको विरोध गर्दै सी जिनपिङको राजीनामा मागको नारा लगाएका थिए ।

चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा पनि कोभिड–१९ को अवस्थालाई सरकारले पूर्ण ख्याल गरिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्री डा मनसुख मण्डावियाले शनिबार भने हामी भारत आएपछि ज्वरो आएका वा कोभिड पोजिटिभ भेटिएकाहरूलाई क्वारेन्टाइनमा राख्ने आदेश पनि जारी गर्दैछौं । यससँगै चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डबाट आउने अन्तर्राष्ट्रिय यात्रुको कोरोना परीक्षण पनि विमानस्थलमै हुनेछ ।