अन्तराष्ट्रिय

पाकिस्तानमा मुद्रास्फीतिले भाँच्यो जनताको कमर, २० किलो पीठोको मूल्य साढे दुई हजार पुग्यो

इस्लामावाद । पाकिस्तानमा बढ्दो मुद्रास्फीतिले सर्वसाधारणको जीवन कष्टकर बनाएको छ । पाकिस्तानमो २० किलो पीठोको मूल्य २५ सय पुगेको छ । पाकिस्तानको कराँचीमा एक किलो पीठोको मूल्य प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ । यो महँगीको समयमा आम जनताले यही मुल्यमा पिठो किन्न निकै संघर्ष गर्नुपरेको छ । पाकिस्तान ब्यूरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्क अनुसार कराचीमा २० किलोको पीठोको बोरा साढे दुई हजार रुपैयाँमा पाइन्छ । कराचीमा अहिले १ किलो पीठोको मूल्य १२५ रुपैयाँ रहेको छ । जुन इस्लामाबाद र पञ्जाबको मूल्यभन्दा झण्डै शतप्रतिशत बढी हो ।

अङ्ग्रेजी पत्रिका डनले पाकिस्तानमा पीठोको मूल्यलाई लिएर लेखेको छ कि गत हप्ता कराची, हैदरावाद र क्वेटामा २० किलो पीठोको मूल्य १०० रुपैयाँले बढेको देखिएको छ । जसको दर क्रमशः २ हजार ३२०, २ हजार ४२० र २ हजार ५ सय पुगेको छ । जबकि बन्नु, पेशावर, लारकाना र सुक्कुरमा क्रमशः ४०, ७०, ५० र ४० रुपैयाँले मूल्य बढेको छ ।

यस्तै, इस्लामावाद र पञ्जाबमा २० किलो पीठोको बोराको मूल्य १ हजार २ सय ९५ रुपैयाँ रहेको छ । पाकिस्तानमा सर्वसाधारणको जेबमा ठूलो असर परेको छ । मुद्रास्फीतिका कारण उनको मासिक बजेट असन्तुलित भएको छ । रिपोर्टका अनुसार पाकिस्तानमा गहुँ, ग्यास र चामलको ठूलो अभाव छ । पाकिस्तानले आफ्नो आवश्यकता पूरा गर्न चामल र ग्यास आयात गरिरहेको छ । साथै ऋण सहयोगमा ग्यास पनि उपलब्ध गराइने भएको छ ।