अन्तराष्ट्रिय

‘मरेसम्म म कसैको सेवा लिन चाहन्नँ, यसरी नै हिँड्दा हिँड्दै जान चाहन्छु– हिराबेन प्रम मोदीकी माता

नया दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको शुक्रबार बिहान ३ः३० बजे निधन भएको छ । बिहान ९ः२६ बजे प्रधानमन्त्रीले उनिलाई मुखाग्नि दिए । अन्तिम यात्रामा उनले आमाको पार्थिव शरीरमा काँध दिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमालाई आफ्नो सबैभन्दा ठूलो गुरु मान्ने गरेका थिए । पीएम मोदीले आफ्नी आमा समयकी धेरै पावन्दि र खानपिनमा पनि विशेष ध्यान दिने गर्थिन् बाउथे ।

मिडिया रिपोर्टका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाले बाहिरबाट केही पनि खानेकुरा खादैंन थिइन् । घरमा पकाएको साधारण खाना मात्रै खन्थिन् । उनी धेरै तेल मसलाको र भुटेको खाना खानबाट जोगिउँथिन् । उनलाई खिचडी, दाल, भात बढी मन पर्दथ्यो । उनलाई मिठाईमा लप्सी धेरै मन पर्दथ्यो । प्रधानमन्त्री नरेन्द्र मोदी जन्मदिनको अवसरमा हिराबासँग आशीर्वाद लिन जाँदा उनले चिनी र ल्यप्सीले मुख मिठास गराएकी थिइन् । साथै प्रधानमन्त्री नरेन्द्र मोदी जन्मदिनको अवसरमा हिराबासँग आशीर्वाद लिन जाँदा उनले चिनी र ल्याप्सीले मुख मिठास गराएकी थिइन् ।

१८ जुन, २०२२ मा लेखिएको ब्लगमा पीएम मोदीले कसरी उनकी आमाले कसैको सेवा लिन चाहँदैनन् भन्ने निर्णय गरेकि थिइन् । पीएम मोदीले आफ्नो ब्लगमा लेखेका छन्, ‘आज पनि जब म मेरी आमालाई भेट्छु, उनी सधैं यसो भन्छिन्, ‘म मरेसम्म कसैको सेवा लिन चाहन्न, म यसरी नै हिँड्दा हिँड्दै जान चाहन्छु । प्रधानमन्त्री मोदी आफैंले आफ्नी आमा निकै समयनिष्ठ थिइन् । उनी लेख्छन्, ‘आमा समयनिष्ठ हुनुहुन्थ्यो । बिहान ४ बजे उठ्ने उनको बानी थियो । उनी धेरै काम बिहान सबेरै पूरा गर्थिन् । गहुँ पिस्ने होस्, कोदो पिस्ने होस्, चामल टिप्ने होस् वा दाल, सबै काम उनी आफैं गर्थिन् । आमाले काम गर्दागर्दै मन पर्ने भजन वा प्रभातीहरूमा नरसी मेहताको एक प्रसिद्ध भजन “जलकमल छन्दी जाने बाला, स्वामी अमरो जगे“ उनिलाई धेरै मन पर्दथ्यो साथै गुजरतीमा एउटा लोरी पनि शिवाजी नो हारलडु माताले धेरै गुनगुनाउन गर्दथिन् ।