शिक्षा

व्यक्तिको वृद्धि विकाशलाई टेवा पु¥याउने विषयमा “ट्रिटन टक सिजन १” सम्पन्न

काठमाडौं । विश्व परिवेशमा हरेक क्षत्रका पेसा व्यवसायमा सफलता हासिलगर्न अपरिहार्य जस्तै बनेको छ व्यक्तिको वाचनकला ? यो विषयव्यक्तिमा एकै पटक निखारता आउने होइन त्यसैले उक्त कुराको वृद्धि विकाशलाई टेवा पु¥याउनका लागि काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मा. वि.÷कलेजमा विद्यार्थीहरुकै सहभागीतामा “ट्रिटन टक – सिजन १” सम्पन्नगरिएको छ । विद्यार्थीहरुको विषय वस्तुको दायरा फराकिलोे बनाउने उद्देश्यले ट्रिटन टक – सिजन १कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ११, १२ तहका विद्यार्थीहरुलाई कक्षा कोठाको पठन–पाठनको सैद्धान्तिक ज्ञानलाई व्यक्तिविकाशमा देखाउने उद्धेश्यले सो कार्यक्रम गरिएको विद्यालयका ट्रिटन टक–सिजन १ कार्यक्रम व्यवस्थापक कमानसिहंले बताएका हुन् ।
विभिन्नविषय वस्तु समेति ११ वटा शिर्षकमा उक्तकार्यक्रम मावि द्यार्थीहरुले आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा हरेक शिर्षकमा एक जना प्रश्तोता र अर्का एक जना विषय विज्ञका रुपमा प्रस्तुत भएका थिए । कार्यक्रमलाई व्यवहारिक र क्षमता वृद्धि प्रदान गर्नका लागि विभिन्न विद्यार्थी, शिक्षक शिक्षिकाबाट पनि जिज्ञाशा राखि विज्ञ मार्पmत भनाईहरु राखिएको थियो ।

ट्रिटन टक–सिजन १ मा साच्चिकै विभिन्न व्यवसायिक प्रस्तुतीमा हुने सबै प्रक्रिया पुरा गरिएको महसुस विद्यालयका प्रचार्य स. प्रा. मदनशाक्यले बताए । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाईमा प्रभावकारी हुने र यस्ता कार्यक्रममा विद्यार्थीहरुको सहभागिताले तार्किक क्षमता बढ्ने तथा अन्य विद्यार्थीहरुलाई हौसला मिल्ने उनको भनाई रहेको थियो ।