अन्तराष्ट्रिय

चीनले हाम्रा जनतालाई विष पनि दियो; तैपनि हामी आफ्नो अडानमा अडिग छौंः दलाई लामा

गया, भारत । चीनले बुद्ध धर्मलाई हानि पु¥यायो । चीनमा बनेको हाम्रो बौद्ध गुम्बा भत्कियो । हाम्रा जनतालाई विष पनि दिइयो । बौद्ध धर्मगुरु दलाई लामाले शनिबार भारतको बोधगयामा शिक्षण कार्यक्रममा उक्त अभिव्यक्ति दिएका हुन् । उनले चिनियाँ सरकारप्रति असन्तुष्टि जनाएका छन् । चीनले बुद्ध धर्मलाई हानि पु¥याउने हरसम्भव प्रयास गरेको उनले बताए । हाम्रो चीजहरू धेरै हदसम्म नष्ट भयो । यति हुँदाहुँदै पनि बुद्ध धर्म आफ्नो ठाउँमा उभिएको छ । दलाई लामाले तीन दिनदेखि कालचक्र मैदानमा शिक्षण कार्यक्रममा प्रवचन दिइरहेका छन् ।

चीनमा पनि बुद्ध धर्म मान्नेहरुको ठूलो संख्या रहेको उनले बताए । चीन सरकारले समय समयमा बौद्ध धर्म मान्ने १ हजारभन्दा बढी मानिसलाई नष्ट गरेको थियो । कसैलाई हानि पु¥याउँदा कसैको धर्म खतरामा पर्दैन । आज पनि चीनमा बुद्ध धर्मका अनुयायीहरू भिक्षु लामा भगवान बुद्धको पूजामा व्यस्त छन् । यस बाहेक पूजा कार्यक्रममा दलाई लामाले २१ आर्य ताराको पूजा आराधनाको स्रोत बताउदै बोधिचित्तको बारेमा बताए । तेस्रो दिन पनि उनले निस्वार्थता नै सबैभन्दा ठूलो धर्म भएको बताउदै अरूको लागि भावनाहरू राख्नु र बुद्धको पूजा गर्नु भने । सो अवसरमा उनले बौद्ध भिक्षु, लामा र भक्तजनलाई पूजाआजाको प्रवचन पनि सुनाए ।

त्यसपछि २१ आर्य ताराको रुपलाई ध्यानमा राखी यस पवित्र भूमिमा पुष्प अर्पण गर्न र भगवान बुद्धलाई अर्पण गर्न भने । सोच्नु कि म भगवान बुद्धलाई फूल चढाउछु । यो एक पवित्र स्थान हो । यहाँबाट सबै कुरा प्राप्त गर्न सकिन्छ । उनले ज्ञान प्राप्तिको सबैभन्दा ठूलो माध्यम यही भएको बताए । यदि हामीले यो विचारधारालाई समर्थन गर्यौं भने, हामी ज्ञान प्राप्त गर्नेछौं र सबै समस्याहरू हट्नेछन् । विश्वमा कोरोना महामारीको त्रासका बीचमा बौद्ध धर्मका गुरु दलाई लामाले चीनप्रति दया देखाएका छन् । आणविक बमभन्दा पनि खतरनाक कोरोना भाइरसले घेरेको अवस्थामा चीन निकै कठिन अवस्थामा छ । शिक्षण कार्यक्रममा दलाई लामाको भाषण करुणा र दयाले भरिएको थियो ।

चिनियाँ महिलाको रेकी सार्वजनिक भएको दोस्रो दिनमा दलाई लामाले आफ्नो भाषणमार्फत शान्तिको ठूलो सन्देश दिएका छन् । दलाई लामाले विश्वलाई आणविक र कोरोनामुक्त बनाउन विश्वको कल्याणको कामना गरेका छन् ।