वेइजिङ्ग । सन् २०२२ को अन्तिम दिन चिनियाँ राष्ट्रपति सी जिनपिङले देशलाई सम्बोधन गरेका छन् । यस क्रममा जिनपिङले चीनमा कोभिड–१९ को हालको लहर नयाँ चरणमा प्रवेश गरेको स्वीकार गरेका छन् । शनिबार (डिसेम्बर ३१) उनले चीनका सामु कठिन चुनौतीहरू रहेको बताए ।
विश्व स्वास्थ्य संगठनले बेइजिङलाई चीनबाट अन्य देशमा जाने यात्रुको कोरोना परीक्षण गर्ने जस्ता कदमका बीचमा कोरोना भाइरसको स्वरूपबारे थप जानकारी उपलब्ध गराउन आग्रह गरेको छ । राष्ट्रका नाममा नयाँ वर्षको पूर्वसन्ध्यामा सम्बोधन गर्दै सी जिनपिङले भने हामी कोभिड–१९ विरुद्धको लडाइमा नयाँ चरणमा प्रवेश गरेका छौं । यो लडाइँमा देशसामु कठिन चुनौतीहरू छन् ।
जिनपिङले देशमा रहेको कोरोना भाइरसले सिर्जना गरेको गम्भीर अवस्थाको बारेमा कुनै जानकारी नदिई यी कुरा भनेका हुन् । आफ्नो सम्बोधनमा सी जिनपिङले चीनमा बढ्दो कोरोनाका घटनाबारे भनेका छन्, ‘हाम्रो अगाडि आशाको किरण छ । हामीले यस कठिनाइसँग जुध्न अलि कडा प्रयास गर्नुपर्छ किनभने एकता भनेको विजय हो ।
Add Comment