अन्तराष्ट्रिय

कीभमा रुसी मिसाइल आक्रमणमा जापानी पत्रकार घाइते

कीभ । रुसले शनिबार गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका मध्ये एक जापानी पत्रकार पनि रहेको युक्रेनी राजधानीका मेयर भिटाली क्लित्स्कोले बताएकाको जापान टाईम्सले समाचारमा उल्लेख गरेको छ । यसैबीच, असाही शिम्बुन दैनिकको अनलाइन संस्करणले भिजुअल रिपोर्टिङ सेक्सनका सदस्य ३६ वर्षीया वातारु सेकिता घाइते पत्रकारको नाम राखेको छ । खुट्टामा चोट लागेको उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

टेलिग्राममा पोस्ट गरिएको फोटो सेकिताको भएको विश्वास गरिएको छ जसमा युक्रेनी सेनाका कर्मचारीहरूले बोकेको बेला उनको घाँटीमा क्यामेरा झुण्डिएको एक घाइते व्यक्तिलाई देखाइएको छ । युक्रेनमा जारी द्वन्द्वमा घाइते भएका ती व्यक्ति जापानी पत्रकार हुन् भन्ने विश्वास गरिन्छ । नोभेम्बरमा पूर्वी युक्रेनमा भएको युद्धमा पनि एक जापानी स्वयंसेवी लडाकुको मृत्यु भएको थियो ।

शनिबार, रसियाले युक्रेनमा २० भन्दा बढी क्रुज मिसाइलहरू प्रहार गरेको थियो उक्त प्रहारमा कम्तिमा एक व्यक्तिको मृत्यु भएको छ । तीन दिनमा प्रमुख रूसी मिसाइल आक्रमणको दोस्रो ब्यारेजले कीभ होटल र आवासीय भवनलाई नराम्ररी क्षति पु¥याको छ ।