अन्तराष्ट्रिय

हो म प्लेब्वाई थिएँ, आफूलाई कहिल्यै फरिस्ता भनिनँ– पूर्व सेना प्रमुखलाई इमरानको जवाफ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो सेक्स अडियो लीकका कारण चर्चामा छन् । खानले यो फोहोर अडियो लीक पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाले गरेको आरोप लगाए । मिडियासँग कुरा गर्दै, अडियो लीकमा इमरानले भने कि एक पटक पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाले मलाई प्लेब्वाई भनेका थिए । यसमा मैले हो भने, म पहिले प्लेब्वाई थिएँ । मैले कहिल्यै फरिस्ता भएको दाबी गरिन ।

दुई हप्ता अघि खानको तीन कथित सेक्स अडियो टेप सोशल मिडियामा भाइरल भएको थियो । कथित सेक्स अडियो टेप दुई फरक महिलाबाटक हुन् । कुराकानी यति अश्लील छ कि यहाँ लेख्न वा सुनाउन गाह्रो छ । खानले बाजवाको नाम नलिई आफ्नो अडियो टेप लीक गरेको आरोप लगाउदै भने– अगस्टमा जनरल बाजवाले मलाई मेरो पार्टीका मानिसहरुको अडियो र भिडियो टेप भएको बताएका थिए । उनले मसँग डबल गेम खेलि रहे । शाहबाज सरिफलाई प्रधानमन्त्री बनाउन चाहन्थे । म प्रति सहानुभूति देखाउँदै गर्दा उनीहरूले मेरो पछाडि छुरा हानेका छन् ।

खानले रिटायर भएपछि पनि पाकिस्तानी सेनामा बाजवाको हस्तक्षेप रहेको दाबी गरेका छन् । खानले बाजवालाई सेना प्रमुखको पदमा म्याद दिनु मेरो गल्ती भएको बताए । मेरो सरकार विरुद्ध काम गरेर उनीहरुले आफ्नो वास्तविक रंग देखाए । अहिले पनि सेनामा बाजवाका केही व्यक्ति छन् । जसले मलाई सत्तामा आउनबाट रोकिरहेका छन् । २०१८ मा इमरान सरकारले बाजवाको कार्यकाल ३ वर्ष बढाएको थियो ।
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले लिक भएको अडियो टेप इमरानको भएको दाबी गरेका छन् । आगामी दिनहरुमा केही भिडियो टेप पनि थप लिक हुनसक्छ उनको भनाइ छ । अर्कोतर्फ खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले अहिलेसम्म अडियो टेपलाई नक्कली भन्दै आएको छ । पीटीआईका सामाजिक सञ्जाल प्रमुख अर्सलान खालिदले भनेका छन्–सरकारले इमरानको छवि बिगार्न सस्तो रणनीति अपनाइ रहेको छ ।

१०१८ मा पाकिस्तानमा चुनाव जितेर प्रधानमन्त्री बनेका इमरानलाई अविश्वास प्रस्तावको कारण अप्रिल २०२२ मा सत्ताबाट हटाइएको थियो । त्यसयता उनको समस्या बढ्दै गएको छ । भर्खरै एक ¥यालीमा उनीमाथि घातक हमला भएको थियो । त्यसपछि उनी सरकारी खजानाको उपहार बेचेको आरोपमा पक्राउ परे । त्यसपछि छोरीको अवैध सम्बन्धको मुद्दा उच्च अदालत पुग्यो र त्यसपछि आपत्तिजनक अडियो टेप भाइरल भयो ।

इमरानको कथित अडियो टेप लीक भएकोमा दुई महिलासँगको यौन सम्बन्धको कुराकानी सार्वजनिक भएको छ । पाकिस्तानका धेरै मिडिया हाउस र पत्रकारहरूले दुई अडियो क्लिपहरू सोशल मिडियामा साझा गरेको पूर्वप्रधानमन्त्री इमरान खानले यस्तो बताएका हुन् । एक मिडिया रिपोर्टले दाबी गरे अनुसार यी अडियो टेपहरू इमरान प्रधानमन्त्री हुँदा रेकर्ड गरिएको थियो ।