Home » Sample Page » पेरुमा हिंसाका क्रममा १७ जनाको मृत्यु, पूर्वराष्ट्रपतिको रिहाइको माग गर्दै सेनासँग झडप, आपतकालको संकेत
अन्तराष्ट्रिय

पेरुमा हिंसाका क्रममा १७ जनाको मृत्यु, पूर्वराष्ट्रपतिको रिहाइको माग गर्दै सेनासँग झडप, आपतकालको संकेत

लिमा दक्षिण अमेरिकी देश पेरुमा मङ्गलबार पूर्व राष्ट्रपति पेड्रो कास्टिलाका समर्थक र सुरक्षा बलबीच हिंसात्मक झडप भएको छ । अहिलेसम्म १७ जनाको ज्यान गएको बताइएको छ । ७३ जना घाइते भएका छन् । यसमा धेरै महिला पनि परेका छन् ।


३.३७ करोड जनसंख्या भएको पेरुमा राजनीतिक द्वन्द्वको युग नयाँ होइन । संसद् (कांग्रेस) र राष्ट्रपतिबीच झण्डै तीन वर्षदेखि विवाद छ ।
जसका कारण पटक पटक हिंसा भइसकेको छ । तर, पहिलो पटक यति धेरै मानिसको मृत्यु भएको छ । नयाँ राष्ट्रपति डिना बोलुर्टेले छिट्टै संकटकाल घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।