अन्तराष्ट्रिय

युक्रेनी सैनिकहरुले युद्ध लड्नु अघि वंशलाई अगाडि बढाउन वीर्य बचत गर्दै

कीभ । रुस–युक्रेन युद्धको एक वर्ष पूरा हुन लागेको छ । यसैबीच युक्रेनी सरकारले युद्धमा जाने सैनिकको शुक्राणु फ्रिज गर्ने अभ्यास सुरु गरेको छ । यसका लागि उनीहरूलाई प्रोत्साहन दिइन्छ, जसले गर्दा युद्धपछि सैनिकहरू घाइते भए पनि वा घर नफर्किए पनि उनीहरूको वंशावली जारी छ ।

युक्रेनी नागरिक किर्काच एन्टोनेन्कोले आफ्नो मृत श्रीमानको शुक्रकीट भएका महिलाले २० वर्षसम्म जुनसुकै बेला प्रयोग गर्न सक्ने बताएका छन् । त्यसैले यो अभ्यासबाट प्रेरित भएर करिब ४०% सैनिकले आफ्नो शुक्राणु फ्रिज गर्न थालेका छन् । योसँगै सैनिकका पत्नीहरूले पनि सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् ।

रुस–युक्रेन युद्धको सुरुमा रुसी आक्रमणबाट युक्रेनको प्रजनन उद्योग पूर्ण रूपमा ध्वस्त भएको थियो । यसमा चीन, अमेरिका, बेलायत, फ्रान्स, इटाली र स्पेनका मानिसहरू सरोगेसीका लागि आउने गर्थे । यसरी युक्रेनले देशको सबैभन्दा ठूलो प्रजनन क्लिनिकलाई ट्रयाकमा ल्याइरहेको छ ।

वीर्य बचाउने यो पहललाई हिरो नेसन भनिएको छ । सरकारले युक्रेनमा सरोगेसी क्लिनिकहरूलाई ट्र्याकमा फर्काउने प्रयास गरिरहेको छ । यसले उद्योगलाई युद्धपूर्व क्षमताको लगभग ८०% पुनः प्राप्ति गर्न अनुमति दिनेछ । यहाँ रुससँग पुरानो शत्रुता भएका चेचेन, क्रिमियन, टाटार र पूर्व सोभियत गणतन्त्रका मानिसहरू युक्रेनको सेनासँग लडिरहेका छन् ।