अन्तराष्ट्रिय

रुसको क्षेप्यास्त्र आक्रमणपछि युक्रेनमा उद्धार अभियानः मृत्यु हुनेको संख्या ३०, ४४ बेपत्ता

कीभ । शनिबार रुसले युक्रेनको विभिन्न क्षेत्रमा एकपछि अर्को गरी ३३ वटा मिसाइल प्रहार गरेको थियो । जसमध्ये डिनिप्रो सहरमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । बेपत्ता भएका ४४ जनाको बाँच्ने आशा अहिले नगण्य रहेको स्थानीय अधिकारीहरुको विश्वास छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले मिसाइल खसालेको नौ तले भवनमा दुई बालबालिका पनि अनाथ भएको बताए । बेपत्ताहरुको खोजीका लागि उद्धार कार्य जारी रहेको छ ।

आइतवार डिसेम्बर १५ को साँझमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक भाषण दिदै विश्वभरबाट सहानुभूतिको सन्देश आइरहेको उनले बताए । यसपछि जेलेन्स्कीले रुसी भाषामा बोल्न थाले । आक्रमणको निन्दा नगरेकोमा उनले रुसका जनतालाई कायर भनेका छन् । युक्रेनको डिनिप्रो सहरमा उद्धार कार्य राति अबेरसम्म चलेको थियो । यस उद्धार कार्यमा आकस्मिक सेवाका अलावा सर्वसाधारणको पनि सहभागिता रहेको थियो । रिपोर्टहरूका अनुसार बाँचेकाहरू आफ्नो ज्यानको लागि चिच्याइरहेका थिए ।

शनिबार डिनिप्रो बाहेक रुसले कीभ, खार्किभ र ओडेसामा पनि मिसाइल आक्रमण गरेको थियो । यसपछि युक्रेनका ऊर्जामन्त्री जर्मन गालुस्चेन्कोले रुसले युक्रेनको पावर ग्रिडमा हमला गरेको बताएका थिए । जसका कारण देशका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । अस्पताल र आवासीय भवनमा समेत विद्युत् अवरुद्ध भएको छ । अधिकांश क्षेत्रमा आपतकालीन ब्ल्याकआउट लागू छ । युक्रेनमा बिजुली आपूर्ति कम्पनीले बिजुली खपतमा प्रतिबन्ध लगाएको छ । जुन आगामी केही दिनसम्म जारी रहने छ ।

सोलेदार युक्रेनको पश्चिमी क्षेत्रको एउटा सानो शहर हो । रुसको निजी सैन्य वाग्नर समूहले उक्त सहर आफ्नो कब्जामा लिएको दाबी गरेको छ । रिपोर्टका अनुसार वाग्नरले धेरै हप्तादेखि यसलाई कब्जा गर्न संघर्ष गरिरहेका थिए । पुटिनको शेफ र वाग्नर समूहका प्रमुख भनिने येभगेनी प्रिगोगिनले सोलेदारको नुन खानीबाट एउटा तस्बिर साझा गरेका छन् । उनले आफ्ना लडाकुहरूले ५०० युक्रेनी सैनिकलाई मारेर सहर कब्जा गरेको दाबी गरेका छन् । युक्रेन युद्धमा रुसले निरन्तर घाटा बेहोर्दै आएको छ ।

युक्रेनले रसियाले आफ्नो हराएको सहरहरू द्रुत रूपमा फिर्ता पाइरहेको छ । यसैबीच, पुटिनले अब आफ्नो कमाण्डर परिवर्तन गरेका छन् । अब रुसले लडिरहेको युक्रेन युद्धको नयाँ कमाण्डर रुसी सेनाका सबैभन्दा वरिष्ठ अधिकारी जनरल भ्यालेरी गेरासिमोभ हुनेछन्, जो रुसका चिफ अफ जनरल स्टाफ हुन् । यसै क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको सरकारी सञ्चारमाध्यमलाई युक्रेनको ‘सैन्य अभियान’ योजनाअनुसार चलिरहेको बताए ।