अन्तराष्ट्रिय

पाकिस्तानमा छुट्टा छुट्टै घटनामा १० बालबालिकासहित ४४ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वामा आइतबार एउटा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ । घटना ताण्डा बाँधमा भएको हो । कोहट जिल्लाको एउटा मदरसाका विद्यार्थी र शिक्षक यहाँ पिकनिक मनाउन आएका थिए । हालसम्म ६ जनाको शव निकालिएको छ । बाँकीको खोजी भइरहेको छ । १७ जना विद्यार्थीको उद्धार गरिएको छ । मारिएका विद्यार्थीको उमेर १२ देखि २० वर्षको बीचमा रहेको छ ।

यसअघि पाकिस्तानको बलुचिस्तानमा एउटा बस खाल्डोमा खसेको थियो । दुर्घटना लगत्तै बसमा आगो लागेको थियो । यस दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो । पाकिस्तानी सञ्चारमाध्यम ’डन’ को रिपोर्टका अनुसार दुर्घटना लस्बेला जिल्लामा भएको हो । बसमा ४८ जना यात्रु सवार थिए । लसबेलाका सहायक आयुक्त हम्जा अन्जुमले दुर्घटना निकै खतरनाक भएको बताए साथै मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए ।

शनिबार–आइतबार राति २ः१५ बजे दुर्घटना भएको एक प्रहरी अधिकृतले जानकारी दिए । बस क्वेटाबाट कराँची जाँदै थियो । तीव्र गतिका कारण पुलको पिलरसँग ठोक्किएर खाल्डोमा खसेको थियो । घटनास्थलमा पुगेको उद्धार टोलीले अहिलेसम्म एक महिला र एक बालकसहित तीन जनाको उद्धार गरेको छ । दुर्घटनापछि दमकललाई खबर गरिएको थियो । आगलागी निकै भयानक भएको एक दमकलले बताए । त्यसलाई नियन्त्रण गर्न कर्मचारीलाई निकै संघर्ष गर्नुपरेको थियो । करिब २ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।