शिक्षा

प्राज्ञिक र कानुनी सेवाकालागि काठमाडौँ महानगरपालिका र नेपाल ल क्याम्पस बिच सम्झौता

काठमाडौँ । वडा तथा मातहतका कार्यालयमा कानुनी परामर्श तथा प्राज्ञिक सहायताका लागि काठमाडौँ महानगरपालिका र त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस बिच सम्झौता भएको छ । आज काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र क्याम्पस प्रमुख डि. एन. पराजुली बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सार्वजनिक प्राज्ञिक अवधारणा बमोजिम सम्पन्न सम्झौता चालु आर्थिक बर्षको असार मसान्त सम्मका लागि हो । सम्झौताको समयावधि सकिए पछि आपसी सहमति र निर्णयका धारमा म्यादथपगर्न सकिने छ ।

वडा तथा महानगर मातहतका अन्य कार्यालयमा निःशुल्क कानुनी सहायता उपलब्ध गराउनु सम्झौताको मुख्य उद्देश्य हो । कानुनन जानेका कारण, लेख्न नजानेका कारण, प्रक्रिया नबुझेका कारण वा एक्लो भएर सहयोग गर्ने मान्छे नभएका कारण कोही पनि सेवाग्राही सेवा लिनबाट वञ्चित हुन नपरोस् भनेर सहकार्य थालिएको हो ।

सेवाका लागि क्याम्पसको स्नातकतथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु इन्टर्नका रुपमा खटिनेछन् । सेवाग्राहीको आवश्यकता अनुसार सामान्य निवेदन, उजुरी निवेदन, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफको मस्यौदा गरिदिने, मौखिक उजुरी परामर्श दिने इन्टर्नमा आउने विद्यार्थीको मुख्य जिम्मेवारी हुनेछ । महानगरबाट प्रवाहहुने सेवा, त्यसको प्रक्रिया र कार्यविधिका विषयमा जानकारी दिने र आवश्यक सहजीकरणको कामहुने छ । महानगरले इन्टर्न विद्यार्थीलाई दिने काम सम्बन्धीकार्य क्षेत्रगत सर्त तथाकार्य विवरण अनुसार कार्य सम्पादनहुनेछ ।

सेवाग्राहीलाई सहजीकरण गर्दा उनिहरुसँग भएको प्रमाण कागज र व्यक्त भएका तथ्यलाई आधार मानेर लिखत तयार पार्नु पर्नेछ । यसरी तयार पारिने लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शव्द, वाक्य गठन कानुनब मोजिमहुने छ । यसरी खटिने इन्टर्न प्रतिविद्यार्थी र एक जना सम्पर्क अधिकारीका लागि महानगर पालिकाले मासिक १५ हजार रुपैयाँउपलब्ध गराउनेछ ।

सहकार्यबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालक, अन्यायमा परेका व्यक्ति, वर्ग र समुदायलाई प्रशासनिक र न्यायिकपहुँचमा सहजहुने अपेक्षागरिएको छ । सम्झौता बमोजिम महानगरका जनप्रतिनिधि तथा कर्मचारीका लागि कानुन विषयमा उच्चशिक्षाका कार्यक्रम अध्ययन गर्ने अवसर तथा विशेष सुविधा क्याम्पसले उपलब्ध गराउनेछ ।