अन्तराष्ट्रिय

रूसको याकुत्स्क संसारको सबैभन्दा चिसो शहर यहाँ तापमान –५० डिग्री सेल्सियस पुग्छ 

याकुत्स्क । विश्वको सबैभन्दा चिसो सहरको तापक्रम माइनस ५० डिग्री सेल्सियस पुग्छ । सबै खाद्यवस्तु हिउँमा जमेको अवस्था हुन्छ । पानी पिउनका लागि पहिले बरफ पगाल्नुपर्छ । यो रुसको याकुत्स्क सहर हो । स्थानीय मौसम विभागका अनुसार आगामी दिनमा यहाँको तापक्रम माइनस ६२ डिग्री सेल्सियससम्म जान सक्नेछ । यस क्षेत्रमा सुन, हिरा र युरेनियमका खानी रहेका छन्, जसबाट मानिसले राम्रो आम्दानी गर्छन् । चिसोको बावजुद यहाँ मानिसहरुको बसोबास यही कारण हो ।

याकुत्स्क स्थान मास्को को ५००० किलोमिटर पूर्व स्थित छ । यहाँ जाडोमा तापमान –४० डिग्री को आसपास रहन्छ । तर आर्कटिकबाट आउने हिमपातका कारण अहिले तापक्रम झनै तल झरेको छ । यहाँ तीन लाखभन्दा बढी मानिस बस्छन् । यो अक्टोबर देखि अप्रिल सम्म कडा चिसो हुन्छ, विशेष गरी डिसेम्बर देखि फेब्रअरी सम्म । यी महिनाहरूमा हिउँ ढुङ्गा जस्तै कडा हुन्छ । घरबाहिर निस्कन गाह्रो हुन्छ । बाँकी महिनाहरूमा अवस्था सामान्य रहन्छ ।

याकुत्स्कमा बस्ने नुरगुसुन स्टारोस्टिना भन्छिन् कि जाडोमा बाँच्नको लागि एउटै उपाय छ – बन्दागोभी जस्तो तहमा लुगा लगाउनु । जसरी बन्दागोभीले थरीथरीका पातहरू पलाउँछ, त्यसैगरी मानिसले कपडाको माथि लुगा लगाएर चिसोबाट जोगाउँछन् । नरगुसुनले बजारमा जमेको माछा बिक्री गर्छिन् । माइनस तापक्रमका कारण उनीहरुलाई माछा राख्न फ्रिजको आवश्यकता पर्दैन ।

मारिना लेभिनाले पनि यस बजारमा माछा बिक्री गर्छिन् । चिसोका कारण मानिसको हड्डी जमेको उनी बताउँछिन् । चिसोबाट बच्न यति धेरै लुगा लगाउनुपर्छ कि बोल्न र सास फेर्न पनि गाह्रो हुन्छ । काम गर्न त झनै गाह्रो तर घर चलाउन माछा बेच्न बजार आउनु पर्छ ।
याकुत्स्कका अनास्तासिया ग्रुजदेवा भन्छिन् कि तपाईं चिसोसँग लड्न सक्नुहुन्न । जाडोबाट बाच्द या त धेरै लुगा लगाउनु पर्छ नत्र भने जाडोमा फ्रिज हुन्छ । उनी आफैं दुई स्कार्फ, दुई जोडी पन्जा, धेरै टोपी र धेरै ज्याकेट लगाएर घरबाट निस्कन्छिन् । चिसो सहन मनले तयार गर्छ भन्छन् । त्यसपछि त्यति चिसो लाग्दैन।