अन्तराष्ट्रिय

सम्बोधनका क्रममा जापानी प्रधानमन्त्री किशिदामाथि पाइप बम प्रहार

टोक्यो । जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि घातक हमला भएको खबर आएको छ । वाकायामा शहरमा भाषणको क्रममा उनीमाथि पाइप बम प्रहार गरेको बताइएको छ । तर, बम विस्फोट हुँदासम्म प्रधानमन्त्री किशिदालाई सकुशल बाहिर निकालिएको थियो । भाषण हुने ठाउँबाट किशिदालाई लैजाँदै गर्दा ठूलो आवाज सुनिएको बताइएको छ ।

यसै क्रममा प्रहरीले एक व्यक्तिलाई नियन्त्रण लिएको छ । घटनामा प्रधानमन्त्रीलाई कुनै चोटपटक नलागेको बताइएको छ । उनी आफ्नो लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा आयोजित कार्यक्रममा बोल्न आएका थिए । फुमियो किशिदामाथिको आक्रमण पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको नौ महिनापछि भएको हो । सन् २०२२ को जुलाईमा सिन्जोमाथि घरेलु बन्दुले एक व्यक्तिद्वारा आक्रमण गरिएको थियो । उक्त घटनामा पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको थियो ।