जानकारी

नोनिया (नूनढिकी) को साग पोषण र औषधिको रूपमा प्रयोग हुने जडिबुटी मध्ये एक हो?

नोनिया (नूनढिकी) को साग छोटो समयमा उत्पादन गर्न सकिने हरियो तरकारी मध्ये एक हो । यसलाई लुनी साग, कुल्फाको साग, नोनी साग, नोनिया साग (नूनढिकी) र पर्स्लेन जस्ता अन्य धेरै नामले पनि चिनिन्छ । नोनिया (नूनढिकी) सागमा भिटामिन ए, भिटामिन सी र बी भिटामिनहरू जस्तै रिबोफ्लेभिन, पाइरिडोक्सिन, फोलेट र नियासिन प्रशस्त मात्रामा पाइन्छ । यसमा क्यारोटिनोइड्सका साथै आइरन, म्याग्नेसियम र क्याल्सियम जस्ता खनिजहरू पाइन्छ । नोनिया (नूनढिकी) को साग पोषण र औषधिको रूपमा प्रयोग हुने जडिबुटी मध्ये एक हो?

नोनिया (नूनढिकी) को साग भाँडोमा रोप्ने सकिन्छ ।
सिजनः छोटो गर्मी र वर्षाको मौसम
रोपण गहिराईः लगभग ०.५ इन्च
बीउ अंकुरण तापमानः १२ डिग्री सेल्सियस देखि २५ डिग्री सेल्सियस
नोनिया (नूनढिकी) साग उब्जाउनको लागि उत्तम माटोः लगभग सबै प्रकारको माटो
बीउ अंकुरण समयः लगभग ४ देखि १० दिन
नोनिया (नूनढिकी) साग काट्ने समयः करिब ३० देखि ४५ दिन

घरमा नोनिया (नूनढिकी) सागको खेती गर्ने सही समय–नोनिया (नूनढिकी) साग बढ्ने उपयुक्त समय गर्मी र वर्षाको मौसम हो । (नूनढिकी) साग फेब्रअरीदेखि अप्रिल र जुलाईदेखि सेप्टेम्बरसम्म आफ्नो घरको भाँडो वा झोलामा उब्जाउन सकिन्छ ।


नोनिया (नूनढिकी) को साग उब्जाउने बीउ– नोनिया (नूनढिकी) साग उब्जाउन सीधा तरिकाले भाँडोको माटोमा बीउ रोपेर वा प्लास्टिक झोलामा उब्जाउन सकिन्छ । यसको बीउ पसलबाट वा अनलाइन अर्डर गरेर नोनिया बीउहरू किन्न सकिन्छ ।

नोनिया (नूनढिकी) को साग लागि उपयोगी माटो– यसका लागि लगभग सबै प्रकारको माटोमा उब्जाउन सकिन्छ । साग छिटो बढ्नको लागि पोषक तत्व युक्त माटो प्रयोग गर्न सकिन्छ । माटोलाई थप उपयोगी बनाउन भाँडोको माटोमा पुरानो गाईको गोबर मल, चिया पातको मल, वर्मीकम्पोस्ट, नीमको केक आदि मिसाउन सकिन्छ ।


नोनिया सागहरू उब्जाउने भाँडोको आकार – नोनिया (नूनढिकी) सागको बीउ रोप्न ठूलो भाँडो वा झोला प्रयोग गर्नुपर्छ । यसको बीउ रोप्नको लागि, कम्तिमा १८ ह् ६ इन्च चौडाइ र गहिराइ, भाँडा वा ठूला कन्टेनरहरू प्रयोग गर्न सकिन्छ । छनौट गरिएको कन्टेनरमा उचित जल निकासी प्वालहरू हुनुपर्छ ।
घरमा नोनिया (नूनढिकी) बढ्नको लागि आवश्यक तापमान– अत्यधिक चिसो र अत्यधिक गर्मीको वातावरणमा नोनिया सागको वृद्धि रोकिन्छ । राम्रो वृद्धिको लागि आवश्यक माटोको तापमान १२ डिग्री सेल्सियस–२६ डिग्री सेल्सियस हुनुपर्छ ।
नोनिया (नूनढिकी) को हरियो बिरुवाको हेरचाह – बिरुवा लगाएको भाँडोको माटो सुक्न दिनुहुँदैन माटो ओसिलो राख्नुपर्ने हुन्छ । बिरुवाहरूलाई समान रूपमा पानी दिनको लागि पानीको क्यान प्रयोग गर्दा राम्रो हुन्छ । अत्याधिक पानी पिउँदा जरा सड्न सक्छ, जसका कारण बिरुवा मर्न सक्छ, त्यसैले अत्याधिक पानी दिनुहुँदैन । हरियो बिरुवालाई पूर्ण घाम चाहिन्छ, त्यसैले बिरुवाले कम्तिमा ६ घण्टा घाम पाउँछ भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ । २–३ दिनमा नियमित रूपमा बिरुवा जाँच गर्नु आवश्यक हुन्छ । यदि नोनी (नूनढिकी) साग बिरुवाहरू कीरा वा रोगहरूबाट प्रभावित पाइएमा, उपयुक्त औषधि छर्क्नु आवश्यक हुन्छ । बिरुवालाई रोगबाट जोगाउन नीमको तेल वा माछा इमल्सन प्रयोग गर्न सकिन्छ ।
नोनिया (नूनढिकी) साग : सागमा क्याल्सियम र आइरन प्रचुर मात्रामा पाइने भएकाले उपवास बस्ने शरीरमा पौष्टिक तत्वको कमी हुन दिँदैन । उपवास बसेपछि महिलालाई कब्जियतको समस्या हुने गर्छ । यस्तो अवस्थामा व्रत बस्नुअघि नोना (नूनढिकी) को साग खाँदा पाचन प्रक्रियामा मद्दत पुग्छ ।