समाचार

सुदूरपश्चिम प्रदेश :  बझाङ केन्द्र बनाई ६.३ र ५.३ रेक्टरको दुई पटक भूकम्प

धनगडी । बझाङको चैनपुरआसपास केन्द्र बनाई ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । ३ बजेर ६ मिनेट जाँदा उक्त भूकम्प गएको हो । यसअघि २ः४१ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु बनाई ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । ३ बजेर ६ मिनेट जाँदा उक्त भूकम्प गएको हो । यसअघि २ः४१ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु बनाई ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बझाङमा आधा घन्टाभित्र ठूला दुई भूकम्प गएपछि स्थानीय त्रसित बनेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

दिउँसो आधा घन्टाको अवधिमा दुईपटक आएको भूकम्पका कारण बझाङमा घर र विद्यालयमा क्षति पुगेको छ । जिल्लाको तलकोट र चैनपुर आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पले भौतिक संरचनामा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पमा दुईजना घाइते भएका छन् । ‘जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– १ जालेबगरमा भूकम्पले सुक्खा पहिरो गएपछि उक्त पहिरोमा परी दुईजना घाइते भएका छन् ।

यस्तै, भूकम्पका कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जयपृथ्वी नगरपालिकाको सत्यवादी माविलगायतका दर्जनौँ विद्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाममै रहेको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ ।
भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाउँस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ । – कमल बिक्रम शाही