अन्तराष्ट्रिय

सिक्किमको टिस्टा नदीमा बाढी २३ जना भारतीय सैनिक बेपत्ता

काठमाडौं । भारतको हिमाली राज्य सिकिम्मको टिस्टा नदीमा अचानक ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएका छन । भारतीय सञ्चार माध्यमका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो । ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ ।

ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ । बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुर्याएको छ । बाढीले सिक्कमको सिङताममा ठूलो क्षती पुर्याएको छ भने राजधानी गान्तोकदेखि सिलिगुढीसम्मको राजमार्ग अवरुद्ध बनेको छ । बाढीले सिङताममा सडक बगाएको छ । बाढीले सिङताममा ठूलो क्षती पुर्याएको स्थानीयवासीले जनाएका छन । बाढीले सिङतामको इन्द्रणी पुल बगाएको सिक्किमको समाभर माध्यमले जनाएको छ ।

फोटो : सोशल मिडियाबाट