अन्तराष्ट्रिय

धेरै इजरायलीहरू अझै पनि हमासको नियन्त्रणमा : बन्धकहरूका परिवारहरू आफ्ना प्रियजनहरूको पर्खिाइमा

एपी, तेल अवीव । इजरायल–हमास युद्धको आज ५० दिन पूरा भएको छ, यसैबीच इजरायल र हमासबीच हालै भएको सम्झौताअनुसार १३ इजरायली नागरिक, १० थाई नागरिक र एक फिलिपिनो नागरिक रिहा भएका छन् । बदलामा इजरायलले पनि आफ्नो कैदबाट ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नुप¥यो । इजरायली बन्धकहरू मध्ये, केवल महिला र बालबालिकालाई इजरायल र हमासबीच शुक्रबार सुरु भएको चार दिने युद्धविरामको अवधिमा रिहा गर्ने अपेक्षा गरिएको छ । यी बाहेक सबै इजरायली पुरुष र धेरै महिलाहरू गाजामा बन्दी छन् ।

हमासले शुक्रबार १३ इजरायली महिला र बालबालिका, १० थाई र एक फिलिपिनोसहित २४ जनालाई रिहा गरेको छ । १३ इजरायली नागरिक रिहा भएपछि रिहा हुन नसकेका परिवारको चिन्ता बढेको छ । धेरै परिवार आफ्ना प्रियजन फिर्ता पाएकोमा खुसी छन् भने धेरै परिवार यस पटक नभए अर्को पटक रिहा हुनेमा आशावादी छन् । सबैले पूर्ण धैर्य र साहसका साथ आफ्ना प्रियजनको प्रतीक्षा गरिरहेका छन् ।

बन्धकहरूको अवस्था देखेर परिवारका सदस्यको चिन्ता बढ्दै गएपछि उनीहरू आफैंले आफ्ना प्रियजनलाई फिर्ता ल्याउन अभियान सुरु गरेका छन् । अब यी मानिसहरूले इजरायली सरकारलाई दबाब दिइरहेका छन् । यो दबाबलाई हेरेर इजरायली सरकारले युद्धविरामको म्याद थप केही समय लम्ब्याउने अपेक्षा गर्न सकिन्छ ।

वास्तवमा, गाजाका विद्रोहीहरूले इजरायलसँगको युद्धमा बन्दीहरूलाई महत्त्वपूर्ण सम्झौता चिपको रूपमा हेर्छन् । हमाससँग सम्बद्ध लडाकु समूह इस्लामिक जिहादका नेताले शुक्रबार इजरायलले कब्जामा लिएका सबै प्यालेस्टिनी बन्दीहरूलाई रिहा नगरेसम्म इजरायली सैनिकहरूलाई रिहा नगरिने बताएका छन् ।