अन्तराष्ट्रिय

बलुचिस्तानमा हवाई हमलापछि इरानसँग तनाव : पाकिस्तानद्वारा इरानी राजदूत  निष्कासन 

रोयटर्स, इस्लामाबाद । पाकिस्तानको बलुचिस्तानमा इरानले गरेको हवाई हमलापछि दुई देशबीच विवाद सुरु भएको छ । यो हमलापछि इरान र पाकिस्तानबीच कूटनीतिक संकट उत्पन्न भएको छ । पाकिस्तानले बुधबार इरानी राजदूतलाई देश निकाला गरेको छ । यसले तेहरानबाट आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पाकिस्तानले इरानबाट आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय गरेको बताए । साथै इरानी राजदूतलाई पनि निष्कासन गरिएको छ । उनले हाल इरानमा रहेका पाकिस्तानका लागि इरानी राजदूत पाकिस्तान फर्किन नसक्ने बताए ।

मङ्गलबार अबेर राति पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको आतंकवादी समूहको मुख्यालयमा इरानले हवाई हमला गरेको थियो, त्यसपछि पाकिस्तानले यस्तो कारबाही गरेको हो । परराष्ट्र मन्त्रालयले पाकिस्तानको सार्वभौमसत्ताको उल्लङ्घन पूर्ण रूपमा अस्वीकार्य रहेको बताएको छ । साथै इरानलाई गम्भीर परिणामको चेतावनी पनि दिएको छ । पाकिस्तानले दुई देशबीच सञ्चारका धेरै माध्यम रहेको तर इरानले यस्तो कारबाही गरेको बताएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले यस गैरकानूनी कार्यको जवाफ दिने अधिकार पाकिस्तानसँग सुरक्षित रहेको बताएको छ । पाकिस्तानले यसको नतिजा जस्तोसु इस्लामावादले इरान सरकारलाई सन्देश दिएको विदेश मन्त्रालयका प्रवक्ताले बताए । इरानले जैश अल अदललाई आतंकवादी संगठनको रूपमा पहिचान गरेको थियो । पछिल्ला केही वर्षहरूमा जैश अल–अदलले इरानी सुरक्षा बलहरूमा धेरै आक्रमणहरू गरेको छ । जवाफमा इरानले आतंकवादी संगठनको मुख्यालयमा हवाई हमला गरेको थियो । जे भएपनि भए पनि त्यसको लागि इरान जिम्मेवार हुने बताएको छ ।