अन्तराष्ट्रिय

थाइल्याण्डको सुफान बुरी प्रान्तमा रहेको पटाका कारखानामा विष्फोट हुँदा धेरैको मृत्यु

एपी, बैंकक । थाइल्यान्डको सुफान बुरी प्रान्तमा रहेको एउटा पटाका कारखानामा बुधबार भएको विस्फोटमा परी कैयौंको मृत्यु भएको छ । धेरै मानिसहरु घाइते समेत भएका छन् । समाचार एजेन्सी एपीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । मध्य थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । समरकुन सुफन बुरी रेस्क्यू फाउन्डेसनका सदस्य कृत्सदा माने–इनले मृतकको संख्या बारे पुष्टि गर्ने प्रयास गरिरहेको बताए । यस दुर्घटनामा १५ देखि १७ जनाको मृत्यु भएको उनको अनुमान छ ।