Home » Sample Page » जापानले प्रशान्त महासागरमा ५४ हजार टन दूषित आणविक प्लान्टको फोहोर फाल्ने, समुद्र तटहरूमा रेडियोधर्मी फोहोरबाट प्रदूषणको खतरा
अन्तराष्ट्रिय

जापानले प्रशान्त महासागरमा ५४ हजार टन दूषित आणविक प्लान्टको फोहोर फाल्ने, समुद्र तटहरूमा रेडियोधर्मी फोहोरबाट प्रदूषणको खतरा

एजेन्सी, टोकियो । जापानको फुकुशिमा आणविक उर्जा प्लान्टको सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले सन् २०२४ को आर्थिक वर्षमा प्लान्टबाट करिब ५४,६०० टन आणविक दूषित पानी समुन्द्रमा छोड्ने योजना बनाएको छ । रिपोर्टका अनुसार बिहीबार घोषणा गरिएको योजना अनुसार अप्रिल १, २०२४ देखि मार्च ३१, २०२५ सम्म सात चरणमा प्रशान्त महासागरमा छोड्ने योजना रहेको जनाएको छ ।

(टेप्को) ले मार्च ३१ को अन्त्यसम्म सम्पूर्ण योजनालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ । फुकुशिमा र अन्य देशहरूमा माछा मार्नेहरू बीचको चिन्ता र विरोधको बावजुद, फुकुशिमाबाट फोहोर पानी निकासी अगस्त २०२३ मा सुरु भयोको थियो । प्लान्टको रिएक्टर भवनहरूमा आणविक इन्धन चिसो गर्दा रेडियोधर्मी पदार्थहरूले दूषित पानी ठूलो मात्रामा उत्पादन गरिरहेको छ, जुन आणविक प्लान्टमा ट्याङ्कहरूमा भण्डार गरिएको छ ।