अन्तराष्ट्रिय

भारतको मध्यप्रदेशको हरदामा पटाखा फ्याट्रिमा विष्फोटः ११ जनाको मुत्यृ

हरदा, मध्य प्रदेश भारत । मध्य प्रदेशको हरदा जिल्लामा रहेको पटाका कारखानामा मंगलबार भीषण विष्फोट भएको छ । विष्फोट यति शक्तिशाली थियो कि पूरै क्षेत्र हल्लायो थियो । विस्फोटको प्रभाव ४० किलोमिटर टाढासम्म महसुस गरिएको थियो । यसको प्रभाव यति धेरै थियो कि विष्फोटको आवाज आएलगत्तै मानिसहरु गाडी छोडेर भाग्न थालेका थिए । कच्चा घर भत्कियो, सरकारी अस्पतालको सिसाहरु फुटे र आगलागीका कारण पुरै क्षेत्र धुवाँमा डुबेको थियो ।

एक स्थानीय व्यक्तिले यस दुर्घटनाको प्रत्यक्षदर्शी बयानमा बताए बिहान ११.३० बजे पटाका कारखाना नजिकै रहेको पटाका कारखानामा विष्फोट भएको थियो । विस्फोटको आवाज सुनेर केही मानिस सहयोगका लागि कारखानातर्फ दौडे तर ११ बजेर ४० मिनेटमा कारखानामा ठूलो विष्फोट भएको र घटनास्थलमा चिच्याहट मच्चिएको थियो । सहयोगका लागि गएका मानिसहरू पनि फर्किएका थिए । भीषण विष्फोटले स्थानिय घण्टाघर बजार हल्लियो र व्यापारीहरु पसल बन्द गरेर भाग्न थाले । बजारमा उपस्थित ग्राहकहरु पनि सवारीसाधन छोडेर भागेका थिए । कारखानाबाट उडेको धुलोको बादल घण्टाघर बजारसम्म पुगेपछि केहीबेरमै पूरै बजार सुनसान भयो ।

विष्फोटका कारण ढुंगा, फलामका टुक्रा र टिन कारखानाबाट ५०० मिटर टाढासम्म उडेर ज्यान जोगाउन दौडिरहेका मानिसहरूलाई ठक्कर दिएको स्थानीयले बताए । उडिरहेको ढुङ्गाले कसैको टाउकोमा हान्दा घटनास्थलमै मृत्यु भएको छ भने त्यही क्रममा टिनको शेडबाट कसैको हात काटिएका छ । पटाका कारखानामा करिब एक घण्टासम्म विस्फोट भएको थियो ।

पटाखा कारखानामा भएको विस्फोटको प्रतिध्वनि र कम्पन टाढा टाढासम्म महसुस गरिएको थियो । घटनास्थलबाट ४० किलोमिटर टाढा रहेको सिओनी मालवाको भूमि काँपिएको छ । यति मात्र होइन, बैरागढबाट ३० किलोमिटर टाढा रहेको तिमर्नी, ३५ किलोमिटर टाढा रहेको खिर्की र सोही दूरीमा रहेको खाटेगाउँमा विस्फोटको गुन्जले धरती काँप्योको थियो । सोही क्रममा घटनास्थलबाट दुई किलोमिटर टाढा रहेको सरकारी अस्पतालको सिसा फुटेको थियो । यससँगै वरपरका भवनमा पनि क्षति पुगेको छ । यो लेख्दासम्म ११ जनाको ज्यान गएको र घाइतेको संख्या थाहा हुन सकेको छैन ।